प्रधानमन्त्रीको दाबी– २० महिनाभित्र भूकम्पले भत्काएका सबै संरचना बन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले अब २० महिनाभित्र २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्याएका सबै संरचना निर्माण भइसक्ने दाबी गरेका छन्। गोरखा भूकम्पको चौथो स्मृतिसभाको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही सम्पदाबाहेक निजी आवास र सरकारी भवनहरू निर्माण भइसक्ने दाबी गरेका हुन्।