८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रतिनिधिसभा निर्वाचन: यस्तो छ दाङको सम्भावित प्रतिस्पर्धा

गठबन्धनका तर्फबाट पूर्व सामान्य प्रशासन मन्त्री शर्मा भिड्दा एमालेबाट महासचिव शंकर पोख्रेल भिड्ने पक्का पक्की भैसकेको छ। पोख्रेलको नाम यो क्षेत्रबाट एमालेका लागि एकल उम्मेदवारका रुपमा सिफारीस भएको छ।

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक परिचालित हुने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्।

बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ।

निर्वाचन आयोगले तोक्यो उम्मेदवारहरुको खर्चको सीमा

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन क्षेत्रका आधारमा फरक–फरक हुनेगरी खर्चको सीमा तोकिएको बताए। मतदाताको संख्या, भुगोल र मतदान केन्द्रको संख्यालाई आधार मानेर खर्चको सीमा तोकिएको उनको भनाई छ।

निर्वाचन कार्यालयहरु स्थापना हुँदै

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार यही असोज २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्ने छन्।

निर्वाचन आयोगको ‘प्रेस अफिस’ सञ्चालनमा

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली सेना र प्रहरीको साइबर ब्युरोका प्रतिनिधिसमेत रहनेगरी सामाजिक सञ्जालदेखि मिडिया अनुगमन गर्ने कार्यालय सञ्चालनमा ल्याएको छ।

राष्ट्रपति निर्वाचनअघि ब्राजिलको जर्सीमा विवाद

अगस्टमा जब ब्राजिलले नोभेम्बर २० बाट कतारमा सुरु हुने विश्वकप २०२२ का लागि प्रयोग गर्ने जर्सी सार्वजनिक गर्‍यो, जाओ भटोर गोन्काल्भस डी ओलिभिरिया कहिले त्यो जर्सीमा हात लगाऊँ भन्न आतुर रहे।

धनुषा निर्वाचन क्षेत्र ३ एमालेको लागि छाडेर राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दिने

लोसपाले धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यको लागि महतोको एकल नाम सिफारिस गरेको थियो। लोसपाको नेकपा (एमाले)सँग चुनावी तालमेल हुने सम्भवना बढेपछि धनुषा निर्वाचन क्षेत्र नं. ३ एमालेको लागि छाडेर महतो सर्लाही–२ बाट उम्मेदवारी दिने बुझिएको छ।

संसदीय निर्वाचन, सुनसान छन् गाउँका चौतारा

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल सहरका चोक तथा चिया पसलमा तातेका बेला गाउँबस्तीका चौतारा तथा चिया पसल भने सुनसान छन्। गाउँघरका नेताहरू आफू समर्थकको टिकटका लागि सहर छिरेका छन् भने किसान खेतीपातीकै धन्दामा लागेकाले गाउँका चोकचौतारा सुनसान बनेका हुन्।

एमालेको सचिवालय बैठक सुरु, चुनावी तालमेल गर्ने विषयमा छलफल हुँदै

बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

आजदेखि निर्वाचन आचारसंहिता लागु

आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ।

उम्मेदवारी दर्तासँगै सम्पत्ति विवरण बुझाउनुपर्ने

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागु गर्ने भएको छ।

निर्वाचन खर्च नबुझाउने कारबाहीमा

निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन्। भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टिकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐन अनुसार जरिवाना तोएिको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ।

निर्वाचन आचारसंहिता भाेलीदेखि लागू हुने

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ। आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन्।

दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तोकिएको खर्चको हद बढाउनुपर्ने, फरक फरक निर्वाचन क्षेत्रका लागि एउटै खर्च सीमा हुन नहुनेजस्ता दलहरुबाट प्राप्त सुझावलाई छलफल गरेर निर्णय गरिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्