८ वैशाख २०८१ शनिबार
राजनीति

धनुषा निर्वाचन क्षेत्र ३ एमालेको लागि छाडेर राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दिने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले आगामी मंसिर ४ हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि सर्लाही–२ बाट उम्मेदवारी दिने भएका छन्।

लोसपाले धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यको लागि महतोको एकल नाम सिफारिस गरेको थियो। लोसपाको नेकपा (एमाले)सँग चुनावी तालमेल हुने सम्भवना बढेपछि धनुषा निर्वाचन क्षेत्र नं. ३ एमालेको लागि छाडेर महतो सर्लाही–२ बाट उम्मेदवारी दिने बुझिएको छ।

यसअघि ०७४ सालको आम निर्वाचनमा धनुषा–३ बाट नेपाली काँग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरी उनी निर्वाचित भएका थिए। पछिल्लो आम निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालको तर्फबाट साझा उम्मेदवार बनेका महतोलाई एमालेले पनि अघोषित रुपमा सघाएका थिए।

तर यसपालि एमालेका नेतृ जुली कुमारी महतो आफैं उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा जुटिसकेकाले राजेन्द्रले धनुषा–३ बाट पछि हटिएको हो। नेता निधिको नाम काँग्रेसले यसपालि समानुपातिक सिफारिस गरिसकेका छन्।

प्रत्यक्षमा नेता निधिले भाग नलिएपनि एमालेका नेतृ जुली चुनावी घरदैलो सुरु गरिसकेका छन्। पछिल्लो निर्वाचनमा एमालेको अघोषित साथ पाएको राजेन्द्रले यसपालि एमालेको साथ मात्रै होइन उपेन्द्र यादव नेतृत्वको जसपाको साथ नपाएपछि सर्लाही फर्केको हो।  

प्रकाशित: १४ आश्विन २०७९ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App