११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बाबुराम भन्छन्- कांग्रेस-कम्युनिष्ट दुबै भएर अगाडि बढेको मान्छे हुँ

पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफू कांग्रेस-कम्युनिष्ट दुबै भएर अगाडि बढेको बताएका छन्।

बुधबार (आज) नेपाली कांग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘कांग्रेसले निजी स्वतन्त्रका मात्र कुरा गर्ने र कम्युनिष्टहरूले समानतामा मात्र जोड दियो, त्यो अपुरो थियो। तर, हुनुपर्ने निजी स्वतन्त्रता साथै समानतामा भन्ने मेरो बुझाइ हो। त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट म दुईवटै गुण भएको अगाडि बढेको नयाँ मान्छे हुँ,' उनले भने।

अगाडि उनले भने, 'शेरबहादुरलगायत साथीहरूलाई सुनाउन चाहन्छु, म त सामान्तवाद निरङ्कुशता राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे हुँ। त्यसैले ३३ सालसम्म म कांग्रेस निकट रहेँ,' उनले भने।

उनले कांग्रेस र कम्युनिष्टहरू लोकतन्त्रको दुई हाँगा भएको पनि बताए।

प्रकाशित: ३ वैशाख २०८२ १४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App