५ आश्विन २०८१ शनिबार
image/svg+xml

आयोग सदस्यसँग कैदीबन्दीको गुनासो

सिन्धुपाल्चोक जिल्ला कारागारका कैदी, बन्दीले आफूहरुको जेल बसाइ सकसपूर्ण भएकाे गुनासो गरेका छन्।

कैदी–बन्दीलाई सीपमूलक तालिम

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेबजारस्थित कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई बाँस र निगालाका सामग्री बनाउने प्रशिक्षण दिइएको छ। कारागार बन्दी जीवन बिताउने ठाउँभन्दा बढी सुधारगृह भएकाले उनीहरूलाई आयमूलक काम गर्न सक्ने भएकाले प्रशिक्षण दिइएको हो।

आयोग सदस्यसँग कैदीबन्दीको गुनासो

भूकम्पबाट क्षतिग्रस्त यो कारागारमा क्षमताको १२ गुणाभन्दा बढी कैदी, बन्दी राखिएका छन्। यहाँ एक सय १५ कैदी, बन्दी राखिएका छन्। पाठक कारगारभित्र प्रवेश गर्दा कैदी, बन्दी आफ्ना कोठा र शयन कक्षमा सुस्ताइ रहेका थिए।

श्रीमती हत्याकाे आराेपमा जेल परेका श्रीमानद्वारा आत्महत्या

दोलखा कारागारमा एक कैदी झुन्डिएको अवस्थामा मृत भेटीएका छन् । कर्तव्य ज्यान मुद्दामा सजाय व्यहोरिरहेका जिरी नगरपालिका ९ का ३८ बर्षीय तस्बिर तामाङ मंगलबार दिउँसो चरिकोट स्थित जिल्ला कारागारको शौचालयको झ्यालको ग्रिलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

गर्मी बढेसँगै कैदीबन्दी बिरामी हुने क्रम बढ्दो

बढ्दो गर्मीसँगै महोत्तरी कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ। क्षमताभन्दा बढी कैदीबन्दी रहेको महोत्तरीको जलेश्वरस्थित कारागारमा पछिल्लोपटक गर्मी बढेसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो। कारागारमा दम्मा (श्वासप्रश्वास), रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।

वीरगन्ज कारागारमा कैदीसँग असुलीदेखि कुटपिटसम्म

आफूसँग भएको यातनापूर्ण व्यवहार र शोषणबाट आजित भएर वीरगन्ज कारागारमा एक कैदीले आत्महत्याको प्रयास गरेका छन्। कैद भुक्तान गरी रिहा भएका एक कैदीले जेलको यातना सहन नसकेर एक कैदीले आत्महत्याको प्रयास गरेको जानकारी दिए।

कर्णालीका सबै कारागारमा पुस्तकालय स्थापना

कर्णालीका १० वटै जिल्ला कारागारमा शनिबार एकसाथ पुस्तकालय स्थापना गरिएका छन्। मदन पुरस्कार विजेता प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहले सुरु गरेको अभियानअन्तर्गत ती पुस्तकालय स्थापना गरिएका हुन्।

हत्याको अभियोगमा पुर्पक्षका लागि कारागार चलान

मृतक र अभियुक्तहरु फागुन १८ गते राति मादक पदार्थ सेवन गरी सामान्य कुरामा भनाभन र  झगडा भएको थियो। गुरुङलाई गत फागुन १९ गते बिहान पुतलीबजार–१४ सतौं जाने पक्की पुलमुनी घाइते अवस्थामा जिल्ला प्रहरीको टोलीले फेला परेको थियो।

काँडेतार र पर्खालले छेकेन परीक्षा

चारैतिर पर्खाल, पर्खालमाथि काँडेतार। त्यसैले घेरिएको खुल्ला चौरमा बसेर पाल्पा कारागारमा रहेका कैदी यम रानाले यस वर्ष एसइई परीक्षा दिए। जेल आएका उनको पढाइलाई पर्खाल र काँडेतारले छेक्न सकेन। कारागारबाटै उनले यस वर्ष एसइई परीक्षामा सहभागी भए। उनीसहित प्रदेश नं. ५ का ८ जना कैदीबन्दी तथा थुनुवाले कारागार र एक जनाले हिरासतबाटै एसइई दिए।

दोहोरो नागरिकता लिने बाबुछोरा कारागार चलान, सहायक प्रजिअलाई सफाइ

झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा यहाँ बाबुछोरालाई पर्वत जिल्ला अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ। तनहुँ जिल्ला साविकको माझकोट गाविस–२ घर भई पोखरामा डेरा लिई बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा भन्ने मीनबहादुर कुमाललाई पर्वत जिल्ला अदालतले कसुर ठहर गरी सजाय सुनाएको हो।

२७ कैदीको मृत्यु

चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ। विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए। “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो”, उनले भने।

जेलमै जलिन् महिला

रौतहटको गौर कारागारमा एकजना महिला शरीरमा आगो लागेर घाइते भएकी छिन्। विहीबार विहान करिब साढे १० बजे खाना पकाउनको लागि कारागारभित्रैको महिला वार्डमा स्टोभमा आगो सल्काउँदा कपालमा आगो सल्केर सुनसरी जिल्लाको धरान नगरपालिका १३ की २६ वर्षीय कल्पना गुरुङ राई घाइते भएकी कारागार प्रशासनले जानकारी दिएको छ।

रोगको कारखाना बन्दै कारागार

देशभरका कारागार बस्न योग्य नहुँदा रोगको कारखानामा परिणत भएका छन्। क्षमताभन्दा बढी कैदी बन्दी राख्नु, सरसफाइ नहुनु, स्वास्थ्यसम्बन्धी सेवा सहज र सुलभ नहुनुजस्ता कारणले कारागारमा रोगी बढेका हुन्।

चालू आर्थिक वर्षमा केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ। कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए।

कारागारका लागि किताब खोज्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागारमा व्यवस्थित पुस्तकालय स्थापनाको लागि किताब खोज्न थालेको छ। कारागारलाई किताब अभियान उपसमिती बनाएर प्रहरी औपचारीक रुपमा जीवन व्यवहारमा लागु हुने प्रकारको शिक्षा दिने खाले किताब खोज्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्