५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

श्रीमती हत्याकाे आराेपमा जेल परेका श्रीमानद्वारा आत्महत्या

दोलखा - दोलखा कारागारमा एक कैदी झुन्डिएको अवस्थामा मृत भेटीएका छन् । कर्तव्य ज्यान मुद्दामा सजाय व्यहोरिरहेका जिरी नगरपालिका ९ का ३८ बर्षीय तस्बिर तामाङ मंगलबार दिउँसो चरिकोट स्थित जिल्ला कारागारको शौचालयको झ्यालको ग्रिलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

उनले घाटीमा ट्राउजरको ईजारको पासो लगाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

कार्तिकमा श्रीमतीको हत्या गरेको  अभियोगमा उनी मंसिर देखि पुर्पक्षका लागि कारागारमा थुनामा  थिए । सोमबार मात्र उनलाई जिल्ला अदालतले २५ बर्ष सजायको फैसला सुनाएको थियो ।

प्रकाशित: १७ वैशाख २०७६ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App