५ आश्विन २०८१ शनिबार
image/svg+xml

पुरुषको हत्या अभियोगमा ३ महिला कारागार चलान

सोलुखुम्बुमा एक पुरुषको हत्या गरेको घटनामा ३ महिलालाई कारागार चलान गरिएको छ। माप्य दूधकोशी गाउँपालिका वाकु निवासी ४३ वर्षका अमरबहादुर मगरको हत्या आरोपमा ३ महिलालाई कारागार चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार देवेन्द्र ढकालले बताए। महिलाहरुले प्रहरीसंग गरेको कागजात, मृतकसंगको सम्बन्ध, कल डिटेल, अदालत समक्ष गरिएको बयानको आधारमा कारागार चलान गरिएको उनले बताए।

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन्। करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताए।

धरौटी बुझाउन नसक्दा कारागार चलान

उदयपुरका एक युवक धराैटी बुझाउन नसकेपछि कारागर चलान भएका छन्। बलात्कार प्रयास गरेको अभियोगमा विचाराधिन मुद्धामा धरौटी राख्न नसक्दा जिल्लाको रौतामाई गाउँपालिका ३ का २८ वर्षीय डम्बरबहादुर राई कारागार चलान भएका हुन्।

बहुविवाह मुद्दाका फरार अभियुक्त चार वर्षपछि जेलमा

बहुविवाह मुद्दाका फरार अभियुक्त चार वर्षपछि जेल चलान भएका छन्। बहुविवाह मुद्दामा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका ३२ वर्षीय ज्ञानबहादुर तामाङ १ वर्षका लागि कारागार चलान भएका हुन्।

कारागारको पर्खालमा अल्झिएको भविष्य

रुकुम (पश्चिम) को बाँफिकोट गाउँपालिका–७, बास्तलाका रवीन खत्री (३) भर्खर विद्यालय जाने उमेरका भए। तर, उनी यति बेला बिना कारण जेलभित्र छन्। जसले गर्दा उनी पढाइबाट बञ्चित त हुनु परेको छ नै सानैदेखि मानसिकरुपमा समेत पीडित हुन परेको छ।

जेलमै मासिक १५ हजार आम्दानी

रसुवा कारागारमा परम्परागत सामग्री निर्माण गरेर निरबहादुर लामाले मासिक १५ हजारसम्म आम्दानी गरिरहेका छन्।

वडा अध्यक्ष सहित पाँच जना कारागार चलान

रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका वडा अध्यक्ष पूर्पक्षका लागि कारागार चलान भएका छन्।

लुलालाई कारागारमा भेटेर फर्के पछि...

दुःखमा परेका परिवारहरूका बारेमा टोल्सटायको चर्चित व्याख्या जस्तै हुन्छन्–कारागारहरू । दुःखमा परेको परिवार र कारागार– दुवै ‘आ–आफ्नै हिसाबले दुःखी हुनेगर्दछन् ।’ तथापि दुःखी परिवार र कारागारबीच केही समान विशेषता पनि हुने गर्दछन् । कठोर र निस्सासिंदो कारागारभित्र तिम्रो जीवनमा कसैको पूर्ण नियन्त्रण हुने गर्दछ।

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कारागार चलान

ज्यान मार्ने उद्योगमा कैद सजाय सुनाइए पनि फरार रहेका प्रतिवादी कारागार चलान भएका छन्। ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट ४ वर्ष कैद र ५ हजार १ सय जरिवाना हुने सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाका खेमराज बुढाथोकी कारागार चलान भएका हुन्।

हाडनाता करणीका दोषी कारागार चलान

खोटाङमा हाडनाता करणीका दोषी कारागार चलान भएका छन् । हाडनाता करणीमा दोषी ठहर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय रामु भन्ने साङ्गे शेर्पा कारागार चलान भएका हुन्।

कारागार आक्रमण हुँदा फरार बनेका तामाङ १३ वर्षपछि पक्राउ

खोटाङमा सशस्त्र द्धन्द्धको समयमा कारागारमा आक्रमण हुँदा फरार भएका एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।

फरार कैदी १३ वर्षपछि पक्राउ

कारागारबाट फरार एक कैदी १३ वर्षपछि पुनः पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ रहेका छन्।

पाल्पा कारागारमा कैदीबन्दीबीच झडप, २ घाइते

पाल्पा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जना घाइते भएका घन्। नाईके समूह र अन्य पक्षबीच झडप हुँदा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्