५ आश्विन २०८१ शनिबार
image/svg+xml

केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी

केन्द्रीय कारागारका ४ सयभन्दा बढी कैदी बिरामी भएका छन् । काठमाडौं जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालयका अनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ ।

कारागारमा यौन अधिकार

कारागारभित्र यौनसम्पर्क ! कैदी–बन्दीले छिट्टै यो सुविधा अधिकारका रूपमा पाउँदैछन् । कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्न अन्तिम तयारीमा पुगेको छ । यसका लागि कार्यविधि बनाई निश्चित स्थान वा दम्पति भेटको कक्ष बनाएर कार्यान्वयनमा ल्याइँदैछ । परीक्षणका लागि सात प्रदेशका सुविधायुक्त कारागारमा सन्तान नभएका तर सन्तानोत्पादनको चाहना राखेका कानुनले प्रमाणित गरेका विवाहितलाई यस्तो सुविधा दिइने भएको हो।

बालक हत्याका ११ अभियुक्त कारागार चलान

जिल्ला अदालत रौतहटले बालक हत्याका ११ अभियुक्तलाई शुक्रबार कारागार चलान गरेको छ। बालकलाई अपहरण गरेर बन्धक बनाई हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले ११ अभियुक्तलाई पुर्पक्षकालागि कारागार चलान गरेको हाे।

जुम्ला कारागारमा खानेपानीको अभाव

जिल्ला कारागार जुम्लामा खानेपानीको अभाव देखिएको छ। पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो। दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने बाध्यता छ।

नक्खु कारागारभित्रै मन्द विष खुवाएर हत्या

नक्खु कारागारभित्रै कैदीलाई विष खुवाएर हत्या गरिएको छ । गत वैशाख २१ गते राति नक्खु कारागारभित्र एक कैदीको रहस्यमय मृत्यु भएपछि त्यसको अनुसन्धान हुँदा मन्द विष खुवाएर हत्या गरिएको पुष्टि भएको हो ।

सांसदको प्रश्न : बालुवाटारलाई कारागार बनाउन लागिएको हो ?

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालामाथी गरिएको व्यवहारले प्राज्ञिक क्षेत्रलाई अपमानित गरेको बताएका छन्।

केरा फाँड्ने कारागार चलान

पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् ।

कारागारमा कार्यरत बस्नेतको डुबेर मृत्यु

कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर बुधबार मृत्यु भएको छ।

पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

ङ’ श्रेणीमा सूचीकृत पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदी एकै ठाउँमा बस्न बाध्य भएका छन् ।

गैरकानूनी मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान

गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

सुन तस्करीका नाइके गोरे, खत्री, भुजुङ र बाङ्गेल केन्द्रिय कारागारमा

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणि उप्रेती गोरे, एसएसपी श्याम खत्री, भुजुङ गुरुङ, छिरिङ बाङ्गेल घलेलाई काठमाडौं ल्याइएको छ। उनीहरुलाई केन्द्रीय कारागारमा राखिएको छ।

सुन तस्करीका अभियुक्त कारागार चलान

सुन तस्करीका अभियुक्त ‘डा डेविट’ भनिने छिरिङ वाङगेल घले आज पुर्पक्षका लागि कारागार चलान भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्