६ आश्विन २०८१ आइतबार
image/svg+xml

सप्तरी कारागारमा दोब्बर कैदीबन्दी

सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ।  करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ।

कारागारमा स्वरोजगार कार्यक्रम चलाइने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका ९ वटै कारागारमा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

कारागारमा कैदीबन्दीकै तालाबन्दी

जिल्ला कारागार शाखा गोरखमा मंगलबार बिहानैदेखि कैदीबन्दी तालाबन्दी गरेर आन्दोलित भएका छन्। त्यहाँ रहेका नाइके, भाइनाइके, चौकीदारले कैदीबन्दीलाई शोषण, भेद्भाव र दमन गरेको भन्दै अन्य कैदीबन्दी बिरोधमा उत्रिएका हुन्।

कारागार चलान भएका बारुद सिंहसँग थप ५ मुद्दामा बयान सुरु

मध्य तराई क्षेत्रमै विगत लामो समयदेखि अपहरण, कर्तव्य ज्यान, विष्फोट लगायत गम्भिर खाले अपराधिक मुद्दाका फरार प्रतिवादी बारुद सिंह भनिने सुरेन्द्र यादव कारागार चलान भएका छन्।

दीपक मनाङे डिल्लीबजार कारागार चलान

महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी कारागार पठाइएको छ।

कञ्चनपुर कारागारमा तेब्बर कैदीबन्दी

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन्।

कारागारभित्र फस्टाउँदै व्यवसाय

जिल्ला कारागार शाखा खोटाङका कैदीबन्दीले ढाका टोपीका लागि कपडा बुन्ने व्यवसाय अपनाएर राम्रो आम्दानी गरिरहेका छन्। विभिन्न मुद्दामा दोषी ठहर भई जेल जीवन बिताइरहेका उनीहरूले टोपी बनाउने कपडा बुनाइबाट राम्रो आम्दानी गर्न सफल भएका हुन्।

काभ्रे कारागारका कैदीबन्दी आन्दोलित

जिल्ला कारागार काभ्रेका कैदीबन्दीले आन्तरिक व्यवस्थापकका रूपमा कारागारभित्र खटिएका नाइके र सहनाइकेहरूले ज्यादती गरेको भन्दै आन्दोलन गरेका छन्।

सुधारगृह बन्न सकेन कारागार

बुटवल उपमहानगरपालिका–५, राममन्दिर क्षेत्रस्थित प्रभु मनी ट्रान्सफरमा २०६२ कात्तिक २४ गते डकैती गर्न आएको समूहको प्रतिकार गर्दा स्थानीय बुद्धि भण्डारी मारिए, अर्का एकजना घाइते भए।

फ्रान्सेली कारागार सुरक्षाकर्मीद्वारा राष्ट्रव्यापी आन्दोलन

शृंखलाबद्ध रूपमा कैदीबन्दीद्वारा आक्रमणका घटना बढ्न थालेपछि फ्रान्सेली करागार सुरक्षाकर्मीले देशव्यापी आन्दोलन सुरु गरेका छन् ।

कैदी थपिँदा कारागारमा समस्या

सात दसकअघि निर्माण भएको नेपालगन्ज कारागारमा क्षमताभन्दा अधिक कैदीबन्दी राख्ने गरिएको छ । कुनै बेला तुलनात्मक रूपमा पूर्वाधारलगायत हरतरहले सुविधासम्पन्न मानिएको यो कारागारमा कैदीबन्दीको संख्या बढेसँगै समस्या थपिँदै गएका छन् । अहिले कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी छन् ।

केन्द्रीय कारागारको छतबाट भागे कैदी

केन्द्रीय कारागारमा बलात्कार अभियोगमा कैद सजाय काटिरहेका कैदी पुन्नबहादुर शाही छतबाट भागेका छन् । एक महिनाअघि रातको समय पारेर उनी भागे पनि घटना प्रहरीले गोप्य राखेको थियो । उनी मंसिर ४ गते भागेका हुन् । प्रहरीले उनलाई फेला पार्न सकेको छैन ।

कैलाली कारागारबाट ११ कैदी मुक्त

दशैंको अवसरमा कैलाली जिल्ला कारागार शाखाबाट ४० प्रतिशत कैद भुक्तान गरेका ११ कैदीलाई बाँकी कैद मिनाहा गरी मुक्त गरिएको छ । असल चालचलन देखाएकाले सरकारको निर्णयअनुसार ११ कैदीको बाँकी कैद मिनाह गरी मुक्त गरिएको कारागार शाखाका प्रमुख पुष्कर खड्काले बताए । ‘कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्दाका चार, सवारी ज्यान मुद्दाका दुई जना, बहुबिवाह मुद्दाका दुई र डाँका चोरी, चोरी र आगो लगाएको मुद्दाका एक÷एक जना रहेका छन्,’उनले भने ।

कारागारमा घुम्ती पुस्तकालय

जर्वजस्ती करणीको अपराधमा ७ वर्षका लागि कैद सजाँय भोग्दै आएका सुन्दरबजार नगरपालिका बलिथुमका ३१ वर्षीय राजु परियारलाई पत्रपत्रिका र किताब पनि पढ्न रुचाउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्