६ आश्विन २०८१ आइतबार
image/svg+xml

गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

अवैधरुपमा सुन आयात गर्ने कारागार चलान

रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ।

तेह्रथुम कारागार परिसरमा पहिराे

जिर्ण अवस्थामा रहेको जिल्ला कारागार तेह्रथुम परिषरमा पहिरो गएको छ। श्निबार दिउँसो परेको पानीले नवनिर्मित म्याङलुङ–कारागार सडक खण्डमा पहिरो जाँदा जिर्ण कारगारमा क्षति पुगेको छ। पहिरोले कारगार प्रबेशद्वार भत्किएपछि बाटोसमेत बन्द भएको छ।

कालिकोट कारागारबाट कैदी फरार

जिल्ला कारागार कालिकोटबाट एक जना कैदी फरार भएका छन्। महावै गाउँपालिका (साविकको ओदानकु–५) का हेमन्त भनेर चिनिने बलबहादुर शाही फरार भएका हुन्।

क्षेत्रीय कारागार झुम्कामा एक कैदीको मृत्यु

क्षेत्रीय कारागार झुम्का सुनसरीमा एक जना कैदीको मृत्यु भएको छ। कारागारको ब्लक नं. १ मा कर्तब्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लमजुङ पुलेनीका ३६ बर्षीय पूर्णबहादुर गुरुङ्को शुक्रबार राति मृत्यु भएको हो।

कारागारमा छुरा प्रहारबाट घाइते भएका युवकको मृत्यु

वीरगन्ज कारागारमा पुस ९ गते साँझ छुरा प्रहारबाट घाइते भएका राजन बनियाको उपचारका क्रममा ज्यान गएको छ। छुरा प्रहारबाट गर्दनमा गहिरो घाउ लागेर नशाहरु काटिँदा सिकिस्त भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

क्षेत्रीय कारागारमा दीर्घरोगी बढे, ६ महिनामा १२ को मृत्यु

ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका रुपन्देही बुटबलका मीनबहादुर गुरुङ दुई वर्षदेखि बिरामी छन्। पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा कैद सजाय भोगिरहेका मीनबहादुरको हातखुट्टा गल्ने गर्छ। त्यसपछि उनी सिकिस्त हुन्छन्।

वीरगन्ज कारागारमा छुरा हानाहान, एक गम्भीर

आइतवार साँझ वीरगन्ज कारागारमा छुरा हानाहान भएको छ। कारागारभित्र बन्द कैदीहरुबीचको झगडामा एक कैदीले अर्कोलाई छुरा हानेको प्रहरीले जनाएको छ। ‘क्रिसमसको रमझम कैदीहरुले मनाईरहेको बेला घटना भएको हो,’ पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने, ‘तरकारी काट्ने छुरा प्रयोग भएको रहेछ।’

बिनु हत्या आरोपीलाई कारागार चलान

थानीय हेक्लाङ्ग गाविस– ६, की बिनु पुलामीको हत्याका आरोपित तिनै जनालार्ई पाल्पा जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

कारागार बसेका नेतात्रयलाई सम्मान

गणेशमान सिंह केन्द्रले यस वर्ष नेपाली काँग्रेसका नेता मार्शलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ र श्यामलाल श्रेष्ठलाई सम्मान गर्ने भएको छ । विसं २०६९ मा स्थापित सो केन्द्रले पहिलो चरणमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि १० वर्षभन्दा बढी समय कारागार जीवन बिताएका नेतालाई सम्मान गर्ने योजना बनाएको छ ।

जलेश्वर कारागारमा कैदीबीच कुटाकुट, ८ घाइते (अपडेट)

जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन्। घाइतेहरुको टाउकोमा चोट लागेको छ। उनीहरुलाई उपचारको लागि जलेश्वर अस्पतालमा लगिएको छ।

श्रीमती हत्या गर्ने कारागार चलान

श्रीमती हत्याको आरोपमा कञ्चनपुरको बेदकोट नगरपालिका– १२ का ३० वर्षीय केशवराज पन्त पूर्पक्षका लागि कारागार चलान भएका छन्।

कारागारमै कैदीको मृत्यु

जाजरकोट कारागारमा गए राति एक कैदीको मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित रानागाउँमा रहेको कारागारमा जबरजस्ती करणीको मुद्धामा जेल जीवन विताइरहेका ६९ वर्षीय हेमन्तबहादुर शाहीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान

खोटाङमा बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान भएका छन्। अढाई वर्षअघि भएको बालबिबाह मुद्दामा जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई जिल्ला अदालतको निर्णयअनुसार बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

फरार अभियुक्त ३२ वर्षपछि कारागार चलान

जिल्ला अदालतको आदेशले जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका पुन्मा–५का बासिन्दा हाल भेरीमालिका नगरपालिका–६ बस्ने ६८ वर्षीय प्रताप वलीलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्