जाजरकोट– जाजरकोट कारागारमा गए राति एक कैदीको मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित रानागाउँमा रहेको कारागारमा जबरजस्ती करणीको मुद्धामा जेल जीवन विताइरहेका ६९ वर्षीय हेमन्तबहादुर शाहीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमको विरामी रहेका शाही आइतबार एक्कासी बेहोस भएको र उपचारका लागि जिल्ला अस्पताल लिदैं गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मतबहादुर बोहराले बताए।
दिनभरि कारागार भित्रै अन्य कैदीहरुसँग देउसीभैली खेलेर रमाएका शाही राति ८ वजेतिर कोठामा एक्कासी बेहोस भएको प्रहरीले जनाएको छ। २०६४ देखि १६ वर्षे जेल जीवन बिताइरहेका शाहीको ७ वर्ष जेल भुक्तानी बाँकी थियो।
प्रकाशित: १५ कार्तिक २०७३ ०७:०३ सोमबार