विराटनगर- सुन तस्करीका अभियुक्त ‘डा डेविट’ भनिने छिरिङ वाङगेल घले आज पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो।
उनीसँग आज १० पानाको बयान लिएपछि थुनछेकको वहस भएको थियो।
अठतीस क्विन्टल सुन तस्करी, सनम शाक्यको हत्या र अपराधिक सङ्गठन सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले गत वैशाख १९ गते ६३ जनामाथि मुद्दा दर्ता गरेपछि उनी फरारका सूचीमा थिए।
घले आजै जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन्। रासस
प्रकाशित: २० जेष्ठ २०७५ १६:२८ आइतबार