१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

राजविराज– सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन्। करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताए।

जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ मा १०७ पुरुष तथा ‘सी ब्लक’मा १८ महिला कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने बाध्यता छ।

 कारागारमा धेरै कैदीबन्दी राखेका कारण पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यतासमेत रहेको उनीहरुको गुनासो रहेको छ । विसं २००८ मा निर्माण गरिएको राजविराज कारागार साँघुरो र जीर्ण रहेका कारण कैदीबन्दीलाई समस्या हुने गरेको कारागारले जनाएको छ । 
माटो र ढुङ्गाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कने खतरासमेत रहेको जेलर यादव बताउँछन्। राजविराज कारागारमा ठाउँ अभावका कारण कैदीबन्दीलाई कोचेर राख्नुपरेको कारण गर्मी महीनाको समयमा धेरै समस्या हुने गरेको कारागारका कैदीबन्दी बताउँछन्। कारागारको नाममा रहेको पाँच बिघाभन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करीब तीन कठ्ठा जग्गा अतिक्रमणमा परेको उनको भनाइ छ।रासस 

 

प्रकाशित: १३ पुस २०७५ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App