६ आश्विन २०८१ आइतबार
image/svg+xml

अलग अगल मतपत्र छाप्ने निष्कर्षमा निर्वाचन आयोग

निर्वाचन आयोग छुट्टा छुट्टै मतपत्र छाप्ने निष्कर्षमा पुगेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको छुट्टा छुट्टै मतपत्र बनाउन दिएको आदेशको पत्र पाएपछि निर्वाचन आयोगले सो निष्कर्ष निकालेको हो।

'प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भइसक्यो'

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले  प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको बताएका छन्।  उनले समानुपातिको मतपत्र छापिइसकेको र प्रत्यक्षतर्फको मतपत्र छाप्न शुक्रबार सुरु भएको जानकारी दिए । चुनाव निर्धारित मितिमा हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरे।

समानुपातिक मतपत्र छापियो प्रत्यक्षको आजैदेखि शुरु

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताएका छन्।

दुई मतपत्र बनाउन कठिन छः डा. यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम कठिन रहेको बताएका छन् । निर्वाचन आयोगको चुनावी तयारीमाथि शुक्रबार कुरा गर्दै उनले भने,‘ प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने कामलाई लिएर आयोगले राजनीतिक दलहरूसँग सल्लाह गरिरहेको छ । दुई वटा मतपत्र छाप्ने वा नछाप्ने भन्ने विषय उनीहरुले दिने सुझावका आधारमा हुनेछ,’उनले भने,‘ कम समयमा दुई वटा मतपत्र छाप्न कठिन छ । दुई वटा मतपत्र छाप्नलाई आवश्यक पर्ने कागज र मेसिनको व्यवस्थापन, छपाइपछि गर्नुपर्ने बाइण्डिङ र ढुवानी तथा मतदान केन्द्रको क्षमता लगायतलाई पनि ध्यान आवश्यक छ ।’

मतपत्र छाप्ने सम्बन्धमा गम्भीरतापूर्वक लिन आयोगलाई सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको एउटै मतपत्र छाप्ने निर्णयप्रति निर्वाचन आयोगलाई नै जिम्मेवार बनाउँदै आदेश जारी गरेको छ।

मतपत्र एउटै कि फरक–फरक, फैसला आज

सर्वोच्च अदालतले संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्र अलगअलग बनाउनुपर्ने भन्दै परेको रिट निवेदनको टुंगो बुधबार लगाउने भएको छ । न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासबाट बुधबारका लागि निर्णय सुनाउने आदेश भएको हो ।

उम्मेदवारले नै मतपत्र चपाएपछि...

धनुषास्थित नगराइन नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सूर्यनारायण साहले एक मतले हार्ने सम्भावना देखेपछि एउटा मतपत्र चपाउने प्रयास गरेका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुईवटा मतपत्र बनाइने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र बनाउन लागेको हो ।

दलका प्रतिनिधिबाट मतपत्र बचाउन रौतहटमा तारजालीको प्रयोग

रौतहटमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई घन्टा समय बाँकी छँदै ६२ देखि ८८ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको छ। मतदानको काम सकिँदै गर्दा गौर नगरपालिकाको मतगणना तयारी सुरु भएको छ। गौरको मतगणना रौतहट जिल्ला समन्वय समितिको कार्यालयमा गर्ने तयारी गरिएको छ।

एउटै मतपत्र भए दुवै चुनाव एकैचोटि :  आयोग

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र प्रयोगमा ल्याउन सकिने भए प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न सकिने बताएका छन्।

पुन: मतदानको फैसला पछि भरतपुर १९ का मतपत्र जलाइयो

२० वर्षपछि भएको स्थानीय निर्वाचनमा जनप्रतिनिधि चुन्न भरतपुर महानगरपालिका वडा नं. १९ का मतदाताहरुले बैशाख ३१ गते छाप लगाएका मतपत्रहरु गणना पुरा नहुँदै मंगलबार साँझ सवै जलाइएका छन्।

‘भरतपुरमा माओवादीले मतपत्र च्यात्न लगायो’

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले दोश्रो चरणको निर्वाचन नगर्ने खेल सुरु भएको बताएका छन् । सरकार र राजपाले दोस्रो चरणको निर्वाचन नगर्ने खेल थालेको आरोप उनले लगाएका छन्।

एमालेले पनि च्यातेको थियो मतपत्र

स्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रीत छ। नेकपा एमालेले तत्काल मतगणना सुचारु गर्न माग गर्दै संसद अवरुद्ध गरिरहेको छ। निर्वाचन आयोगले के गर्ने भन्नेबारे निर्णय लिन सकेको छैन। मतगणना मतपत्र च्यातिएपछि विवाद भएको यो नै पहिलो पटक होइन।

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा

गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ ।

भरतपुरमा ९० मतपत्र च्यातिएको यकिन

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा मतगणना चली रहँदा आइतबार मध्यरातमा च्यातेर नोक्सान भएको मतपत्रहरुको संख्या एकीन भएको छ । निर्वाचन आयोगको निर्देशनमा भरतपुरका मुख्य निर्वाचन अधिकृतले उम्मेद्वार, दलका नेताहरु र उनीहरुका प्रतिनिधिहरुलाई राखेर बिहीबार मतपत्रको के अवस्था छ भन्ने निक्र्यौल गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्