६ आश्विन २०८१ आइतबार
image/svg+xml

भरतपुरमा च्यातिएका मतपत्रको पोको खोलिँदै

माओवादी बुथ प्रतिनिधिले च्यातेका भरतपुर वडा नं. १९ को मतपत्रको पोको बिहीबार खोलिने भएको छ। निर्वाचन आयोगको निर्देशनपछि बिहीबार सबै दलका उम्मेदवार प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको उपस्थितिमा मतपत्र खोलेर विवरण लिने तयारी गरिएको हो।

माओवादी प्रतिनिधिले मतपत्र च्यातेको ठहर

भरतपुर महानगरपालिकाको मतगणना क्रममा माओवादी केन्द्रका तर्फबाट खटिएका गणना प्रतिनिधिले नै मतपत्र च्यातेको पुष्टि भएको छ। पहिलो चरणअन्तर्गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले खटाएको अनुगमन टोलीले माओवादी केन्द्रका प्रतिनिधिले नै मतपत्र च्यातेको पुष्टि गरेको हो।

भरतपुरमा च्यातिएका मतपत्रको विवरण पठाउन निर्देशन

भरतपुरमा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित मतगणनाबारे निर्वाचन आयोगले स्पष्ट निर्णय लिन ढिलाई गरेको छ। प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सम्मिलित बैठकले भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतलाई कतिवटा मतपत्र च्यातिएको लेखेर पठाउने निर्देशन दिएको छ।

मतपत्र च्यात्ने लोकतन्त्र

निर्वाचन हार्ने भएपछि मतपत्र च्यात्ने प्रवृत्ति विजयी भयो भने भविष्यमा यो निरन्तर दोहोरिनेछ। लोकतन्त्र समाप्त पार्ने यो खतरनाक खेल यहीं रोकिनुपर्छ। अन्यथा, निष्पक्ष निर्वाचन हाम्रा निम्ति आकाशको फल सावित हुनेछ।

यसकारण च्यातियो मतपत्र

'रणभूमिको जस्तो अवस्था थियो। पूरै मतपत्र च्यातिएका थिए। कति च्यातिए, कसले च्यात्यो, हताहतको जस्तो अवस्थामा यकिन भन्न सक्ने अवस्था रहेन', न्यौपानेले भने।

मतपत्र च्यातिएको घटनाबारे अनुसन्धान गर्न छानविन टोली आजै भरतपुर जाने

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यातीएको घटनाबारे छानविन समिति गठन गरेको छ।

एमालेले मतपत्र कब्जामा लिएको माओवादीको आरोप, पुनःनिर्वाचन गराउन माग

भरतपुर महानगरपालिकाको मतगणना चल्दै गर्दा मतपत्र च्यातिनुमा नेकपा माओवादी केन्द्रले एमालेलाई दोष दिदै प्रेस विज्ञप्ती निकालेको छ।

माअाेवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेकाे पुष्टि, दुई पक्राउ

भरतपुर महानगरपालिकाकाे मतपत्र माअाेवादीले च्यातेकाे चितवन प्रहरीले पुष्टि गरेकाे छ। निर्वाचन अधिकृतले अाफू बाथरूम गएकाे बेला मतपत्र च्यातिएकाले केही नदेखेकाे भनेर घटनालाइ रहस्यम बनाइरहँदा प्रहरीले माअाेवादीका दुइ बुथ प्रतिनिधिलाइ मतगणना स्थलबाटै पक्राउ गरेकाे जनाएकाे हाे।

छापामारशैलीमा मतपत्र च्यातिएपछि भरतपुरकाे मतगणना स्थगित (भिडियाे)

अन्तिम अवस्थामा पुगेको भरतपुर महानगरपालिकाको मत गणना आइतबार मध्यरातबाट स्थगित भएको छ। गणना हुँदै गर्दा छापामारशैलीमा मतपत्र च्यात्न थालेपछि मतगणना स्थलको अवस्था तनाब ग्रस्त बन्याे।

झुक्किने र नबुझ्ने मतपत्र

दलको अधिकार मत माग्ने हो, आफ्नो दलको चिह्नमा यसरी छाप हाल्ने भनेर सिकाउने होइन। तसर्थ, मत हाल्न सिकाउने काम निर्वाचन आयोगकै हो। यसका लागि आवश्यक विधि र माध्यम छिटोछरिटो उपयोग गर्नुपर्छ।

मतपत्रमा नोट भेटिएपछि...

इन्द्रावती गाउँपालिकाको मतगणना गर्ने क्रममा मतपत्रभित्र नोट भेटिएको छ। उक्त गाउँपालिका–८, र ११ नम्बर वडाको आइतबार मतगणना गर्ने क्रममा मतपत्रसँगै नोट भेटिएको हो।

‘मतपत्र सिनेमाको पोस्टरजस्तो’

भक्तपुरको बालकोट मतदान केन्द्रमा श्रीमती रमिला, छोरा मोहितवंशसँगै पुगेका हाँस्य कलाकार हरिवंश आचार्य मतपत्र देख्दा तर्सिए । अनुमान गरेभन्दा ठूलो पोस्टर देखेपछि उनलाई मतपत्र पनि सिनेमाको पोस्टरजस्तो लाग्यो । ‘मतपत्र त सिनेमाको पोष्टरजस्तै ठूलो थियो । हाम्रो देशमा दलहरू पनि धेरै भएर होला मतपत्रमा दलका चिह्न पनि उति नै बढी रैछन्,’ हरिवंशले नागरिकसँग भने, ‘नेताहरू धेरै भएपछि मतपत्रले पनि आकार ठूलो बनाएछ । पहिलाको निर्वाचनमा दल पनि थोरै थिए । त्यहीअनुसार मतपत्र पनि सानो थियो ।’ उनले मतपत्रमा रहेका दलको चुनाव चिह्नकै कारण धेरै मतपत्र खेर जान सक्ने अनुमान लगाए ।

ठूलो आकारको मतपत्रप्रति मतदाताको यस्तो छ प्रतिक्रिया

स्थानीय तहको निर्वाचनमा ललितपुरलगायत जिल्लामा भएको ठूलो आकारको मतदान पत्रका कारण मतदाताले मतदान गर्न गाह्रो भएको गुनासो गरेका छन्।

भक्तपुरमा नेमकिपाको चुनाव चिन्ह नभएको मतपत्र

नेपाल मजदुर किसान पार्टीको गड मानिएको भक्तपुरमा सो पार्टीको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेको छ । चाँगुनारायण नगरपलिका वडा नं ६ नगरकोटमा नेमकिपाको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेको हो ।

आइपुग्यो मतपत्र (फोटो फिचर)

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र पठाउन थालेको छ। स्थानीय तहको निर्वाचनको लागि खोटाङमा मंगलबार सेनाको हेलीकोप्टरबाट आवश्यक मतपत्र ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्