७ आश्विन २०८१ सोमबार
image/svg+xml

सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ

प्रहरीले काठमाडौं स्थित मेडिकल कलेजमा निजको एक्सरे गराएर हेर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि प्रहरीले पुनः प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको ४ वटा पोका फेला परेको हो।

७५ हजार घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

'निजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ,' प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए , 'पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ।'

मकवानपुर प्रहरीद्वारा लागुऔषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशङ्कर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

बालिका अपहरणको आरोपमा प्रहरीसहित दुई पक्राउ

बागलुङ नगरपालिका वडा नं २ हल्लनचोकमा रहेकी सुहानालाई जबर्जस्ती गाडीमा राखेर प्रहरी जवान आचार्य र ती महिलाले वृद्ध विहारतिर लगेका थिए। स्थानीय र प्रहरीले उनीहरूलाई रोकेका थिए।

छत्तीस लाख नगद र सुनसहित सर्लाहीबाट दुई जना पक्राउ

स्रोत नखुलेको ठूलो परिमाणमा नगद तथा सुनको गहनासहित सर्लाहीमा दुई जना पक्राउ परेका छन्।

पसल फोडी सामान चोरी गर्ने पक्राउ

पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन्। बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन्।

३६ लाख नगदसहित दुई युवक पक्राउ

इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले ३६ लाख रुपैँया नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बैंककमा चिनियाँ क्यासिनो सञ्चालक पक्राउ

'सरकारी वकिलले अर्को हप्ता फौजदारी अदालतमा (अस्थायी गिरफ्तारी) का लागि अनुरोध पेश गर्नेछन्।' इन्टरपोलले मे २०२१ मा प्रकाशित गरेको र एएफपीले प्राप्त गरेको रेड नोटिसमा भनिएको छ, 'उनी चीनमा क्यासिनो सञ्चालनसँग सम्बन्धित आपराधिक आरोपको सामना गरिरहेका छन् र उनलाई अधिकतम १० वर्षको जेल सजाय हुन सक्छ।'

न्यायपरिषदमा तोडफोड गर्ने पक्राउ

बिहीबार न्यायपरिषद् पुगेका नूरप्रसाद अधिकारीले त्यहाँ तोडफोड गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध गाँजासहित २ जना पक्राउ

विराटनगरबाट भारतको जोगबनीतर्फ जाँदै गर्दा सीमा नजिक चेक गर्दा ३ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङ प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।

लागु औषधसहित तीन जना पक्राउ

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए।

३६ केजी गाँजासहित एक पक्राउ

शुक्रबार राति साढे १० विराटनगर–१५ स्थित १ नम्बर ढाट हुँदै भारत जान लागेको बन्दाकोभी बोकेको ट्रकबाट १ सय ५६ केजी गाँजासहित ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको थियो।

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

साइकल चोरेको आरोपमा स्थानीयले खानतलासी गर्दा दुवै जनाको साथबाट दुई नाल कटुवा पेस्तोल भेटिएको प्रत्यक्ष दर्शीले बताएका छन्। दिन दहाडै पेस्तोलसहित भारतीय नागरिक आएपछि स्थानीय त्रसित बनेका छन्।

अदालतका तहसिलदार घुससहित पक्राउ

गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुससहित पक्राउ परेका छन्। बिहिबार राती अदालत नजिकैको एक होटलमा सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराको टोलीले उनलाई पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्