२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागु औषधसहित तीन जना पक्राउ

लागु औषध ब्राउनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–८ दशगजा नजिकबाट लागु औषधसहित तीन जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–५ का ललितबहादुर गुरुङ, समिर सार्की र वडा नम्बर ६ का किरण वंशी मगर रहेका छन्। प्रहरीले तीनै जनाको साथबाट ५ सय ५० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको हो।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए।  

प्रकाशित: १७ श्रावण २०७९ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App