२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

३६ केजी गाँजासहित एक पक्राउ

मोरङको जहदा गाउँपालिका–२ हरिनगराबाट प्रहरीले ३६ किलोग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  

मंगलबार बिहान पौन १ बजे भारततर्फ लैजाँदै गर्दा ३६ किलोग्राम गाँजासहित जहदा–२ का २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। पक्राउ परेका गुरुङसहित ३ जना युवाहरुले टाउकोमा बोकेर भारतर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो।

प्रहरीलाई देख्नासाथ २ जना गाँजा फालेर फरार भए पनि गुरुङलाई पक्राउ गर्न सकिएको र फरार भएकाहरुको खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए। पक्राउ परेका गुरुङविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउनका लागि इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

शुक्रबार राति साढे १० विराटनगर–१५ स्थित १ नम्बर ढाट हुँदै भारत जान लागेको बन्दाकोभी बोकेको ट्रकबाट १ सय ५६ केजी गाँजासहित ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको थियो। 

प्रकाशित: १७ श्रावण २०७९ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App