२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml

पहिरोले दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

पहिरो पन्छाउने काम भइरहेपछि लगातार पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। सुर्खेतबाट गएका र जुम्ला, मुगुबाट आएका सवारी साधनहरु राजमार्गमा अलपत्र परेका छन्।

पहिरोले घर पुर्दा एकको मृत्यु

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार कालिकोटको महावै गाउँपालिका–७ राम्रीकी १८ वर्षीया स्मृति अधिकारीको पहिरोले घर पुरिँदा मृत्यु भएको हो।

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो, यातायात सेवा ठप्प

कर्णाली राजमार्गको जुम्ला खण्डमा सुख्खा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। जुम्लाको तिला गाउँपालिका ३ लुम्सेरा गाउँ नजिकै सुख्खा पहिरो गएको हो।

जुम्ला भन्दैछ : यो समय स्याउको हो

अहिले बगैँचा राताम्य छन्। यहाँका स्थानीयको झोलामा स्याउ छ। खोलामा स्याउ छ। थोलामा स्याउ छ। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतही स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।

टुइकुनामा माइक्रोबस दुर्घटना: एकको निधन

राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–१ टुइकुनामा कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख२४७ नंको माइक्रोबस दुर्घटना भएको हो। बस दुर्घटनाको कारण खुलेको छैन। बस राजमार्गबाट ५० मिटर तल खसेको छ। बसमा कालीकोटबाट १५ यात्रु सवार थिए। उद्धार जारी छ।'

कर्णाली राजमार्गमा सुविधाभन्दा सास्ती धेरै

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको गृहजिल्ला जाने सडक पनि कर्णाली राजमार्ग हो। ‘जानै परेमा हेलिकप्टरमार्फत जान्छन्। सडकको अवस्था उनीहरूलाई के थाहा ?’ एक स्थानीयले भने, ‘सास्ती पाउने त हामीजस्तै जनताले त हो।’

पाँच दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो

अविरल वर्षाका कारण पाँच दिनदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ । पहिरोका कारण कर्णाली राजमार्गमा चल्ने सवारीसाधन रोकिएका थिए । कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै तीन दर्जन भन्दा बढी ठाँउमा पहिरो गएको थियो । जसमध्ये दुई ठाउँमा ठुलो पहिरो खसेको थियो ।

आठ घण्टापछि खुल्यो कर्णाली राजमार्ग

पहिरो गएको ८ घण्टापछि कर्णाली राजमार्ग खुलेको छ । विहान साढे ७ बजे कर्णाली राजमार्गको जुम्ला खण्डको रारा डुण्डेलीमा झण्डै २० मिटर सडक पहिरोका कारण पुरिएको थियो ।

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि विहानै देखि सवारीसाधन चल्न सकेका छैनन्। तिला गाउँपालिका–१ राराको गाडगुडेनी खण्डमा पहिरो गएको हो। झण्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन्। दैनिक रुपमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स समेत सडकमै रोकिएका छन्।

कर्णाली राजमार्गको दुरावस्था

दैलेख–कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसँगै सडकको दुरावस्था सुरु हुन्छ। सडकमा खसेका पहिरो र हिलोसहितका खाल्डाहरु छिचोल्दै जोखिम मोलेर सवारी गुड्छन्। बर्खा लागेसँगै यो सडक अबरुद्ध हुने र सवारी दुर्घटना बढ्ने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्