१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

टुइकुनामा माइक्रोबस दुर्घटना: एकको निधन

कर्णाली राजमार्गअन्तर्गत टुइकुनामा आज बिहान माइक्रोबस  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्। मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेको प्रहरी चौकी पाल्तडाले जनाएको छ।  

प्रहरीका अनुसार गम्भीर घाइते सात जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको तथा तीन जनाको स्थानीय रामघाटमा मेडिकलमा उपचार भइरहेको छ। राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–१ टुइकुनामा कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख२४७ नंको  माइक्रोबस दुर्घटना भएको हो।  

घाइते १० मध्ये गम्भीरावस्थाका सात जनालाई  एम्बुलेन्समार्फत सुर्खेत पठाइएको स्थानीयवासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिए। उनले भने,'म उद्धारमा छु,  बस दुर्घटनाको कारण खुलेको छैन। बस राजमार्गबाट ५० मिटर तल खसेको छ। बसमा कालीकोटबाट १५ यात्रु सवार थिए। उद्धार जारी छ।'

प्रकाशित: २७ फाल्गुन २०७७ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App