२ मंसिर २०८१ आइतबार
image/svg+xml

मोजमस्तीको संस्कृति

विश्वव्यापीकरणसँगै चाडपर्व मान्ने चलन पनि फेरिएको छ। एक देशको चलन अर्को देशमा सहजै हस्तान्तरण भएको छ। हामीले मान्ने हरेक चाडपर्व पुर्खाले मनाउनेभन्दा फरक चलनका साथ मनाइरहेका छौं। न त हिन्दूले परम्परामा आधारित भएर मनाएका छन् न त अन्य कुनै समुदायले आफ्नो संस्कारअनुसार मनाइरहेका छन्।

कुवेतमा नेपाली कला संस्कृति प्रदर्शन

कुवेतमा नेपाली कला र संस्कृतिको प्रदर्शन गरिएको छ। कुवेत स्थित नेपाली राजदूतावासमा आयोजना गरिएको ‘एसियन बजार २०१८’ मा नेपाली कला र संस्कृतीको प्रदर्शन गरिएको हो।

चित्रमा नेपाल कोरियाका संस्कृति र सभ्यता

नेपाल तथा कोरियाको कला, संस्कृति तथा सभ्यता दर्शाउने कला प्रदर्शनी नेपाल कला परिषद्मा शनिबारदेखि सुरु भएको छ । नेपाल र कोरियाका कलाकारले बनाएका चित्रको संयुक्त चित्रकला प्रदर्शनीलाई ‘इन्टररिफ्लेकसन’ नाम दिइएको छ । प्रदर्शनीमा उही थिममा नेपाल र कोरियाका चित्रकारले कोरेका चित्रमा पाइने समानता तथा विविधता आकर्षणका परूमा रहेको छ ।

विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय हो – प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको बताएका छन्। उनले भने, ‘संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै राज्य संयन्त्रमा सबैको पहुँचलाई सुनिश्चित गरेको छ, यो हामीले प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो।’

मिथिला संस्कृतिमय ‘राज्जा रानी’ प्रिमियर

सर्लाही बबरगन्जका शम्भु बैठा पेसाले धोबी हुन् । सर्लाहीबाटै फिल्म हेर्नका लागि जनकपुर आएका बैठाका ७ छोरी छन् । जसमध्ये दुईको बिहे भइसक्यो, ५को बाँकी छ । बैठालाई बाँकी छोरीको विवाहले चैनले सुत्न दिने गरेको छैन । तर, बिहीबार राती रामजानककी मन्दिरमा फिल्म हेरेर निस्कँदा बैठा थप चिन्तित देखिए । उनलाई चिन्तित बनाएको थियो फिल्म ‘राज्जा रानी’को कथा र दृश्यले । उनले छोरीको बिहे गर्न जुन झन्झट खप्नु परेको थियो, फिल्ममा दुरुस्त उस्तै दृश्यको बाहुल्य थियो । उनले फिल्म मधेशी जनजीवनको नजिक रहेको बताउँदै फिल्मले आफ्नै कथा भने झैं लागेको बताए ।

नेवाः संस्कृतिको संरक्षण आवश्यक छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन् ।

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

चाकुको सहरका रूपमा चिनिएको काठमाडौंको टोखा अहिले अपार्टमेन्टको सहर बनेको छ । पुराना संरचना नासिँदै छन् भने गगनचुम्बी भवन ठडिरहेका छन् । स्थानीय ७० वर्षीय कृष्णलाल महर्जनलाई पुराना संरचना मासेर अग्ला भवन बनाएको पटक्कै मनपरेको छैन । यसपटकको चुनावमा भोट माग्न आउनेलाई उनी अग्ला भवन निर्माण रोक्न माग गरिरहेका छन्।

तिब्बती संस्कृतिको प्रवर्द्धन गर्दै डिजिटल कला प्रदर्शनी

तिब्बती सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै आयोजना भइहरेको अन्तराष्ट्रिय डिजिटल कला प्रदर्शनीको सम्पन्न भएको छ । तिब्बती परम्परा, भौगोलिक दृश्य र सम्पदालाई भिडियोको माध्यमले प्रस्तुत गरिएको प्रदर्शनीले नेपाल र चीनको मैत्री सम्बन्धलाई प्रवद्धन गरेको आयोजकको दावी रहेको छ ।

‘भाषा, धर्म र संस्कृतिबारे लेखनले मुलुकलाई जोड्छ’

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य अन्सारी समाज बुझ्नका लागि पनि विविध विषयमा अध्ययन गर्छिन् । आयोगको कामबाट फुर्सद मिल्नेबित्तिकै उनी समसामयिक विषयमा लेखिएका पुस्तकमा घोत्लिन पुग्छिन् । अन्सारीको अध्ययन एउटै विषयमा मात्र केन्द्रित छैन ।

विदेशमा हिन्दु संस्कृति

यसपालि दसैंमा टीकाको कार्यक्रम थिएन । त्यसैले हामी ६ दिनको छोटो बिदा सदुपयोग गर्ने निधो ग¥यौँ । काठमाडौँबाट मालिन्डो फ्लाइटमा करिब पाँच घण्टा लगाएर मलेसिया पुग्यौँ । त्यसपछि ३÷४ घण्टा ट्रान्जिटमा बिताएर दुई घण्टाको फ्लाइटमा इन्डोनेसियाको चर्चित पर्यटकीय गन्तव्य बाली पुग्यौँ । बाली पुग्दा त्यहाँको समयअनुसार बिहानको दस बजेको थियो ।

हराउँदै देउसी भैला संस्कृति

तिहारका अवसरमा खेलिने देउसी भैलोमा मादलको तालमा भट्याउने चलन आजकल हराउदै गएको छ । स्थानीय लोक सँस्कृति र गीत संगीतको जगेर्ना गर्नका लागि खेलिने देउसी भैलीका गीतहरु सबै रेडिमेड प्रयोग हुन थालेपछि मादल र मौलिक भैली गीतहरु लोप हुन थालेका हुन् । विगतका देउसी भैलोहरुमा गाउँघर गुन्जाउने गरी बज्ने मादल र थरी थरी भाकाका देउसी भैलो गीतहरु हराउने अवस्थामा पुगेको भेरी नगरपालिकाका १ कालेगाउका सहदेव बस्नेतले वताए ।

चाडबाडमा बढ्दै पठनीय संस्कृति

फूलपातीको अघिल्लो दिन घर हिँडेका लमजुङका नवीनचन्द्र घिमिरेको झोला भारी थियो । अन्य सामानले नभई हालै प्रकाशित पुस्तकले उनको झोला भरिएको थियो । दसैँका बेला घरमा पढ्नका लागि उनले झोलाभरि पुस्तक हालेका थिए । जुवातास नखेल्ने र अन्य रमाइलो खासै मननपर्ने भएकाले दसैँको समय किताब पढेर सदुपयोग गर्दै आएको उनले सुनाए ।

मनोरञ्जन कि संस्कृति ?

दशैंको माहौलमा देखिने चङ्गाहरुको भीड आजकल काठमाण्डौंको आकाशमा त्यतिसाह्रो देखिंदैन । यदाकता मात्रै झुल्किने चङ्गाले उपत्यकाको आकाश परिवर्तन भएको संकेत गर्छन् । शरद् क्रृतुको समय र दशै तिहारको याममा आकाशमा चङ्गा नदेखिंदा कताकता अनौठो लाग्छ । दशैंको संकेत लिएर काठमाण्डौंका आकाशमा चङ्गा देखिने पुरानो चलन हो । हातमा लट्टाई बोकेर घरका छतछतबाट आकाशगङ्गातर्फ केन्द्रित हुने युवाहरु अहिले कम्प्युटरको कि बोर्ड, फेसबुक तथा ट्वीटरमा केन्द्रित हुन थालेकाले आकाश बदलिएको छ । पहिला जस्तो आकाशमा चङ्गाको लडार्इं हुन छाडेको छ, बरु अहिले सामाजिक सञ्जालमा यस्तो लडाईं देखिन्छ । विना चङ्गाको आकाशले दशैंलाई फिक्का बनाइरहेको छ ।

सही संस्कृतिको झूट व्याख्या

स्त्रीजातिकै अपमान हुने गरी बनाइएका कष्टपूर्ण मान्यता र लेखिएका कथामा परिमार्जन र पुनर्व्याख्या आवश्यक छ। नत्र भोलिका हाम्रा सन्ततिहरूले यो विशिष्ट पर्व 'तीज'लाई 'बकवास' सम्झेर इतिहासको गर्तमा थन्क्याउन बेर छैन।

मौन संस्कृति

संसार, गलत क्रियाकलाप गर्नेहरूबाट नष्ट हुँदैन, तर यसकारणले नष्ट हुन्छ, जो गलत क्रियाकलाप चुपचाप हेरिमात्र रहन्छ – अल्बर्ट आइन्स्टाइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्