जाजरकोट –तिहारका अवसरमा खेलिने देउसी भैलोमा मादलको तालमा भट्याउने चलन आजकल हराउदै गएको छ । स्थानीय लोक सँस्कृति र गीत संगीतको जगेर्ना गर्नका लागि खेलिने देउसी भैलीका गीतहरु सबै रेडिमेड प्रयोग हुन थालेपछि मादल र मौलिक भैली गीतहरु लोप हुन थालेका हुन् । विगतका देउसी भैलोहरुमा गाउँघर गुन्जाउने गरी बज्ने मादल र थरी थरी भाकाका देउसी भैलो गीतहरु हराउने अवस्थामा पुगेको भेरी नगरपालिकाका १ कालेगाउका सहदेव बस्नेतले वताए ।
‘पहिले देउसी भनेपछि सारा गाउँमा एक प्रकारको रमाइलो रौनक छाउथ्यो तर अहिले त खाली हल्ला मात्र महसुश हुन्छ, बस्नेतले भने । पछिल्लो पुस्ताका सबै युवाहरुले चाडपर्वका बेला समेत विदेशी गीतहरु, नाच र सँस्कृति भित्रयाउन लागेका कारण जिल्लाको स्थानीय लोकभाका भेषभुसा र सँस्कृति ओझेलमा परेको बुढापाकाहरु बताउँछन् ।
पहिले तिहार दसैं आउदा एक महिनासम्म गाउँमा खाँडो नाच, सिगांरु, टप्पा, ख्याली , पैसेरी, मयुर नाच, देउडा लगायतका गीत तथा नाचहरु र पञ्चेबाजाका स्वरहरु गुञ्जिने गरेको बारेकोट गाउँपालिका –५ का ८५ वर्षीय मानबहादुर सिंहले बताए ।
प्रकाशित: १ कार्तिक २०७४ ०८:५२ बुधबार