६ आश्विन २०८१ आइतबार
image/svg+xml

मकवानपुरको निर्यात व्यापारमा भारी गिरावट

सरकारले समृद्धिको नारा लगाइरहे पनि मकवानपुरबाट भारत तथा तेस्रो मुलुक हुँदै आएको निर्यात व्यापारमा धेरै कमी आएको छ । देशको समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका बेला मकवानपुरबाट हुँदै आएको निर्यात व्यापारमा पनि कमी आएको देखिन्छ।

चीनतर्फको निर्यात ५९ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेका बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ।

चिया निर्यातमा भारतीय अवरोध

नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध गरेको छ। पूर्वको पानीट्यांकीस्थित भारतीय कस्टमले त्यहाँ पुगेका १ कन्टेनर र ११ ट्रक तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै रोकेर राखेको उद्योगीहरूले बताएका छन्।

नगद अनुदान बढ्यो निर्यात बढेन

मुलुकको निर्यात व्यापारलाई प्रोत्साहन गर्ने भन्दै सरकारले नगद अनुदान बढाउँदै लगे पनि निर्यात भने बढ्न सकेको छैन।

एउटै फार्मबाट ५ करोडको अर्गानिक कफी विदेश निर्यात

उत्तर फर्किएको सुख्खा डाँडा, साना बुट्यान जंगलभित्र लटरम्म पाकेका कफीका बोट। किसानलाई टिप्न भ्याई नभ्याई छ।

आयात सात खर्ब ६७ अर्ब, निर्यात ५३ अर्ब

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा सात खर्बबाट उकालो लागेको छ । यो घाटा अघिल्लो वर्षको भन्दा २३ प्रतिशतले बढी हो।

बंगलादेशमा निर्यातको ठूलो सम्भावना

बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल यतिबेला देशको व्यापार घाटा कम गर्ने उपायको खोजीमा छन् । व्यापारीसँग छलफल गरेर नेपाली उत्पादनको निर्यात बढाउन सके देशको व्यापार घाटा कम हुन्थ्यो भन्नेमा उनी छन् । पेसाले चिकित्सक भुसाल यतिबेला मुलुककै बिरामी अर्थतन्त्रको उपचारका लागि क्रियाशील रहेको बताउँछन्।

रसुवागढी नाकाबाट ११ करोड २४ लाखको कुचो निर्यात

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको अम्रिसो कुचो चीन निर्यात भएको छ।

एकै गाउँबाट २२ लाखको सुन्तला निर्यात

कतिपय किसानका बगानमा लटरम्म सुन्तला फल्छन्, मूल्य पाउँदैन । तर, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका किसानलाई भने सुन्तलाका लागि बजारको चिन्ता छैन । पैसाको बिटो बोकेर आउने ठेकेदारले बगानबाटै सुन्तला उठाएर लैजाने गरेका छन् । गाउँमा सडक विस्तार भएसँगै ०७० सालयता घोर्लेमा उत्पादित सुन्तला टयाक्टरमार्फत उदयपुरको बेलटार, गाईघाट, लहान, इटहरी, धरान, बिराटनगर, झापासम्म पुग्ने गरेको छ । मंसिरमा बैनास्वरुप भुक्तानी दिने ठेकेदारले सुन्तला टिपिसकेपछि किसानलाई सबै रकम चुक्ता गर्ने गरेका छन् । चैतसम्म बोटैमा रहने सुन्तला सडक विस्तारका कारण पुसमै बजार पुग्न थालेको शिक्षक प्रेम राईले बताए।

रसुवागढी नाका हुँदै ३१ लाखको मुडा चीन निर्यात

रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख भन्दा बढीको बाँसको मुडा चीन निर्यात भएको छ । नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर ३१ लाख २० हजार मूल्य बराबरको मुडा निर्यात गरिएको हो। नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यातको क्रममा १२ हजार ८ सय ८० ओटा बाँसको मुडा चीनतर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ।

भारतले प्रतिबन्ध हटाएपछि अदुवा निर्यात सुरु

भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि करौडौको अदुवा जिल्ला बाहिर निकासी भएको छ। प्रतिवन्ध फुकुवा भएसँगै व्यापारीको गोदाममा थन्किएको अदुवा निकासी भएको हो।

ढुंगागिटी निर्यात खुलाउने तयारीमा सरकार

सरकारले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ। ढुंगा गिटी तस्करहरुको प्रभावमा यस्तो तयारी गरेको हो। आपूर्तिमन्त्रालयले यसको लागि प्रस्ताव समेत तयार पारेको स्रोतले बतायो। ‘मन्त्रालयले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ’, स्रोतले भन्यो, ‘सम्भवत अब बस्ने मन्त्रिपरिषद बैठकमा यो प्रस्ताव पेस हुन्छ।’

चीनतर्फको निर्यात ७८ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा चीनतर्फका निर्यात उल्लेख्य वृद्धि हुँदा भारततिर भने त्यसअनुसार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले निकालेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा चीनतर्फको निर्यात ७८.४ प्रतिशतले वृद्धि भएको छ भने भारत तर्फ ५.५ प्रतिशतमात्र वृद्धि भएको छ ।

‘रसियन ट्यांकरले उत्तर कोरियालाई तेल निर्यात गरिरहेको छ’

रसियन ट्यांकरले उत्तर कोरियालाई तेल निर्यात गरिरहेको सुत्रहरुले बताएका छन्। रुसी ट्यांकरले समुद्रमा कार्गो स्थानान्तरण गरेर कम्तीमा तीन पटक तेल निर्यात गरेको रुसका दुई वरिष्ठ पश्चिमी युरोपियन सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

चीनले चोरबाटो हुँदै उत्तर कोरियालाई तेल निर्यात गर्‍यो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई तेल निर्यात  गरिरहेको आरोप लगाएका छन् । चीनले ‘चोर बाटो’बाट उत्तर कोरियालाई तेल उपलब्ध गराइरहेको उनको आरोप छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्