६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘रसियन ट्यांकरले उत्तर कोरियालाई तेल निर्यात गरिरहेको छ’

लण्डन – रसियन ट्यांकरले उत्तर कोरियालाई तेल निर्यात गरिरहेको सुत्रहरुले बताएका छन्। रुसी ट्यांकरले समुद्रमा कार्गो स्थानान्तरण गरेर कम्तीमा तीन पटक तेल निर्यात गरेको रुसका दुई वरिष्ठ पश्चिमी युरोपियन सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

रुस विश्वकै दोस्रो ठूलो तेल उत्पादक र विक्रेता हो। सुरक्षा परिषदमा भीटो चलाउने एक स्थायी सदस्य रुसले संयुक्त राष्ट्रको प्रतिबन्ध तोड्दै तेल निर्यात गरिरहेको खबर बाहिरिएको हो।

‘रुसी जहाजले यसवर्ष कैयौपटक अनुकुल समय हेरेर पेट्रोकेमिकल्सका पोत रसायनहरुलाई हस्तान्तरण गरेको छ, यसवर्ष कैयौं पटक प्रतिबन्धको उल्लंघन भएको छ,’ पहिलो स्रोतले नाम नबताउने शर्तमा भनेको छ। 

दोस्रो स्रोतले उत्तर कोरियासँग रुसले जहाजबाट जहाज इन्धनको व्यापार गरिरहेको पुष्टि गरेको छ। यद्यपी उत्तर कोरियालाई तेल निर्यात गरेको कुनै प्रमाण रुसले नछाडेको स्रोतको दाबी छ।

‘तेल निर्यातमा उत्तर कोरियालाई रुसको समर्थन छ भन्ने कुनै प्रमाण छैन्, तर, रुसी जहाज उत्तर कोरियाका लागि एक जीवन रेखा दिइरहेको छ,’ दोस्रो स्रोतको भनाई छ।

दुबै सुत्रले रुसी सुदूरपूर्वी बन्दरगाहबाहिर चल्ने जहाजहरुको नौसेनाको खुफिया र सेटलाइट इमजेरीबाट सूचना पाएको बताएका छन्।

प्रकाशित: १६ पुस २०७४ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App