६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले चोरबाटो हुँदै उत्तर कोरियालाई तेल निर्यात गर्‍यो : ट्रम्प

न्यूयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई तेल निर्यात  गरिरहेको आरोप लगाएका छन् । चीनले ‘चोर बाटो’बाट उत्तर कोरियालाई तेल उपलब्ध गराइरहेको उनको आरोप छ। 

ट्रम्पले ट्वीटरमा लेखेका छन्– चीन रंगेहात समातिएको छ। यसप्रति दुःख व्यक्त गर्दै उनले अगाडि भनेका छन्– यो मैत्रीपूर्ण समाधान होइन।

ट्रम्पले उत्तर कोरियामा तेलको संकट रहेका बेला बेइजिङले प्याङयोङ्गलाई तेल निर्यात गरेको दाबी गरेका छन्। 
संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको देशलाई चीनले तेल निर्यात गर्नु निराशाजनक कदम भएको ट्रम्पले उल्लेख गरेका छन्।
‘यो निकै निराशाजनक कदम हो की चीन उत्तर कोरियामा तेल निर्यातका लागि अनुमति दिइरहेको छ। यदि चीनले सहयोग गरिरहने हो भने उत्तर कोरियाली समस्याको कुनै अनुकुल समाधान कहिले हुनेछैन्,’ ट्रम्पले भनेका छन्।  

यद्यपी उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार चीनले प्याङयोङलाई सहयोग गरेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ । चिनियाँ रक्षा मन्त्रालयकी प्रवक्ता रेन गुओक्युयाङले सम्वाददातालाई भनिन्– ‘जुन स्थितिको कुरा तपाईहरूले उठाउनुभएको छ, त्यस्तो हुँदै होइन् ।’ 

चीनले बारम्बार प्याङयोङविरुद्ध राष्ट्रसंघका सबै प्रस्ताव लागु गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । तर, अमेरिकाले चीनमाथि उत्तर कोरियालाई सहयोग गरेको आरोप लगाउँदै आएको छ। 

प्रकाशित: १४ पुस २०७४ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App