४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैनः अर्थमन्त्री डा.महत

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई शुक्रवार धुलिखेलमा सम्बोधन गर्दै उनले अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट नरोकिने दावी गरे।

मध्यपहाडी राजमार्गमा जताततै पहिरो, जोखिममा पूर्वी पहाडको यात्रा

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा जताततै पहिरो जाँदा राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ।

हुलाकी राजमार्ग निर्माण सुस्त

राष्ट्रिय गौरवको आयोजनाको हुलाकी राजमार्ग निर्माणले गति लिन सकेको छैन। राजमार्ग १४ वर्षमा एक हजार ३९ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। हुलाकी आयोजना निर्माण सम्पन्न कहिले हुने भन्ने अन्योल कायमै छ।

पथलैया-कमला सडकखण्ड चार लेनको बनाइँदै

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिराहाको कमला नदीसम्म चार लेनको सडक बन्न लागेको छ।

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेको बसबाट १६ यात्रुको उद्धार, केही यात्रुको मुत्यु (अपडेट)

काठमाडौंबाट पोखरा आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै दुर्घटनामा परेको छ। बसबाट अहिलेसम्म १६ जना यात्रुको उद्धार गरिएको भएपनि केहीको मृत्यु भएको प्रहरीले बताएको छ।

कान्तिलोकपथको भट्टेडाँडामा पहिरो पन्छाइयो

काठमाडौंबाट हेटौडा जोड्ने कान्तिलोकपथ अन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ।

पहिरोले मेचीराजमार्ग अवरुद्ध

राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ। वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ।

पोखरा–मुग्लिन राजमार्गः पूर्वि खण्डमा ३२ र पश्चिम खण्डमा ९ प्रतिशत मात्र काम

राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झन्डै दोब्बर लाग्ने गरेको छ। दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्वि खण्ड झन्डै ३२ र पश्चिम खण्डको ९ प्रतिशत मात्र काम सकिएको छ। पूर्वीखण्डका लागि अब आठमहिना र पश्चिम खण्डका लागि एकवर्ष मात्र समय बाँकी छ।

पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोध

अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन्।

बाढीपहिरोले सास्ती

वर्षाका कारण मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। बाढी-पहिरोका कारण कतै डुबान त कतै सडक अवरुद्ध हुँदा जनजीवनमा प्रतिकूल असर परेको हो। बबईको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन्।

सुदूरपश्चिको ७ जिल्ला जोड्ने राजमार्ग अझै खुलेन

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने एकमात्र राजमार्ग अवरुद्ध भएको एकसाता हुदाँ पनि अझै सुचारु हुन सकेको छैन।

पोखरा–मुग्लिन राजमार्गकाे यात्रा सकसपूर्ण, हवाई यात्रा अनिश्चित

निरन्तरको वर्षाले पोखरा–काठमाडौं हवाइ सेवा यतिबेला अनिश्चित छ। वर्षाले भिजिविलिटी नपुग्दा विगत दुइदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने धेरै उडान रद्द समेत भएका छन्। उडान रद्द भएपछि अत्यावश्यक कामले राजधानी जानुपर्ने यात्रु स्थलमार्गबाट गए। तर, पृथ्वी राजमार्ग हुँदै हुने यो बेलाको यात्रा पनि अनिश्चित र सकसपूर्ण छ।

तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्