१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मध्यपहाडी राजमार्गमा जताततै पहिरो, जोखिममा पूर्वी पहाडको यात्रा

मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट-घुर्मि सडकखण्डमा झरेको पहिरो । तस्विर : अनिल भण्डारी

मध्यपहाडी राजमार्गमा जताततै पहिरो खस्दा पूर्वी पहाडको यात्रा कठिन बनेको छ। मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा जताततै पहिरो जाँदा राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ। 

सिन्धुलीको गोलञ्जोर र फिक्कल गाँउपालिकामा पर्ने उक्त खण्डमा माथिबाट पहिरो खस्दा राजमार्गमा जोखिम बढेको हो। राजमार्ग निर्माणका क्रममा आवश्यक ठाँउमा वाल तथा दिगोपनालाई ध्यान नदिँदा खुर्कोट–घुर्मी ६० किलोमिटर सडकखण्डमा सयभन्दा बढी पहिरो खसेको स्थानिय बताउछन्।  

मध्यपहाडी राजमार्गमा खुर्कोटबाट करिब पाँच किलोमिटर पूर्व तर्फ अक्करेभिर भन्ने स्थानमा सामान्यबर्षाहुनेवित्तिकै सडक अवरुद्ध हुने गरि पहिरो झर्ने गरेको छ। जिल्लाका सांसदले सदनमै पहिरो नियन्त्रण गरिदिन माग गरेपनि सरकारले पहिरो नियन्त्रण गर्न सकेको छैन। यस्तै राजमार्गको विभिन्न स्थानमापहिरो जाँदा मध्यपहाडी राजमार्ग भएर आवतजावत गर्ने यात्रुलाई सास्ती मात्रै भएको छैन यात्रामा जोखिम समेत बढेको छ।  

पूर्वी पहाडका ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयुपुर लगायतका जिल्लामा आवातजात गर्ने मध्यपहाडी राजमार्गमा दैनिक जसो माथिबाट पहिरो खस्ने भएकाले सवारी तथा यात्रुलाई जोखिम रहेको छ। सामान्य वर्षा हुने वित्तिकै पहिरो झर्ने भएकाले पहिरो पन्छाउन राजमार्ग आयोजनालाई तयारी अवस्थामा रहन निर्देशन गरिएको सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको भनाइ छ।  

मध्यपहाडी, मदनभण्डारी र विपी राजमार्गमा नै पहिरो खसेमातत्कालै हटाउन सम्बन्धित आयोजनालाई निर्देशन गर्नुका साथै स्थानि यतहलाई समेत राजमार्ग अवरोध भए हटाउन अनुरोध गरिएकाले लामो समय राजमार्ग अवरोध नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

राजमार्गसँग जोडेर सहायक सडक निर्माण गर्दा ती सडकले राजमार्गलाई थप क्षति गरेको छ । माथिबाट निरन्तर पहिरो खस्ने भएकाले राजमार्गको यात्राजोखिम रहेको छ । ‘मध्यपहाडी राजमार्गका ठाँउठाँउमा पहिरो खसेको छ’, स्थानिय सुदिपकार्कीले भने, ‘खुर्कोटदेखि घुर्मिसम्म सयौं ठाँउमा पहिरो छ। पहिरो मात्रै नभएर मध्यपहाडी राजमार्गका केहि खोलामा लामो समयदेखि निर्माणधिन पक्कि पुल नबन्दा थप समस्या भइरहेको छ।’  

फिक्कल गाँउपालिकामा पर्ने केहि खोलामा लामो समयदेखि पुल अलपत्र हुँदा खोलामा बाढी आएसँगै यात्रु तथा सवारी अलपत्रहुने गरेको फिक्कल गाँउपालिकाका अध्यक्ष पार्वती सुनुवारको भनाइ छ। ‘हामीले पालिकाकै मेसिनप्रयोग गरेरै भएपनि राजमार्गको पहिरो पन्छाउने गरेका छौ, तर खोलामा पुल नबन्दा जोखिम छ’, उनले भनिन् । 

प्रकाशित: १५ भाद्र २०८० १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App