२२ वैशाख २०८१ शनिबार
image/svg+xml

महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाइँदै

जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ। गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो।

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन्।

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

बागलुङको तमानखोला गाउँपालिका– ३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे।

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल। हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो। बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन। ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे। अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ।

उराठ बन्दै गएको 'खर्क'

गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।

दुर्गममा मातृशिशु मृत्युदर शून्य

छोटो समयमै स्वास्थ्य क्षेत्रमा फट्को मारेको तमानखोला जिल्लामै नमुना पालिकाका रूपमा स्थापित भएको छ।

चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला

‘हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गथ्र्यौं, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,’भन्छन, निसीखोला गाउँपालिका–६ का ७४ वर्षीय वीरमान बुढामगर।

अभिभावकविहीन बालबालिकाका लागि बालगृह

तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ।

भोजभतेरमा छुट्टाछुट्टै भान्छा गरे कारबाही

बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ।

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

बागलुङको तमानखोला गाउँपालिका-३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ।

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको संख्या बढ्दै गएको छ।

‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’

तमानखोला गाउँपालिका–६ नर्जाखानीकी मनकुमारी छन्त्यालको घरै अगाडि अहिले खानेपानीको धारो बनेको छ। दैनिक धारोमा आउने स्वच्छ पानीले छन्त्यालको वर्षौंदेखिको दुःख भुलाएको छ।

बागलुङका छ वटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल

उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गरे।

ऊनका कपडाको माग नेपालमा भन्दा विदेशमा बढी

ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरुको भनाइ छ। युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्