६ आश्विन २०८१ आइतबार
image/svg+xml

काँग्रेस–राप्रपा गठबन्धन संकटमा

नेपाली काँग्रेस मकवानपुरले पत्रकार सम्मेलन गरेरै राप्रपा अध्यक्ष कमल थापालाई भोट हाल्न नसकिने निर्णय गरेपछि काँग्रेस-राप्रपा तालमेल संकटमा परेको छ। यसअघि झापा-३ मा सहमति तोड्दै काँग्रेसले राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनविरुद्ध कृष्ण सिटौला उम्मेदवार बनाउने निर्णय गरेको थियो।

प्यूठानमा कांग्रेसका डा. पोखरेल र गठबन्धनकी पौडेलबीच प्रतिस्पर्धा

जनमोर्चाको पुरानो गढ प्यूठानलाई आफ्नो पकडमा राख्ने योजनाअनुसार एमाले र माओवादीले राजमोलाई पनि गठवन्धनमा समाहित गर्ने योजना बनाए ।

असन्तुष्ट फकाउँदै वाम गठबन्धन

खोटाङमा वाम गठबन्धनबाट एमाले र माओबादी केन्द्रका जिल्ला तहका नेता उत्साहित भए पनि तल्लो तहका कतिपय कार्यकर्ता अझै पनि असन्तुष्ट छन् । फरक पार्टीबाट संघर्ष गर्दै आएका तल्ला तहका कार्यकर्ता चुनावी तालमेलकाक्रममा एकले अर्काको चुनाव चिन्हमा भोट दिनुपर्ने अवस्था आएपछि अप्ठ्यारो पनि महसुस गरिरहेका छन्।

वाम गठबन्धनलाई कांग्रेस चुनौती

जुम्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू गाउँ पसेका छन् । असन्तुष्ट कार्यकर्तालाई सुझाउने र सन्तुष्ट कार्यकर्तालाई आफ्नो पक्षमा नतिजा आउने गरी खट्न निर्देशन दिँदै हिँडेका छन् । उम्मेदवारहरू आआफ्नो चुनावी अजेन्डासहित प्रचारप्रसारमा होमिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्लामा वाम गठबन्धनलाई कांग्रेसले चुनौती दिँदै आएको छ ।

वाम गठबन्धनको पकड बलियो

मंसिर १० गते प्रदेश नम्बर नम्बर ६ को सात जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । पहिलो चरणअन्तर्गत निर्वाचन हुन लागेका प्रदेश नं. ६ को जिल्लामा रुकुम (पश्चिम), डोल्पा, कालिकोट, जुम्ला, मुगु, हुम्ला र जाजरकोट छन्।

लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा

प्रनिधिनिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा प्रदेश नम्बर ४ का ६ जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश नं. ४ का गोरखा, लमजुङ, बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । यी ६ जिल्लाबाट प्रतिनिधिसभामा ८ र प्रदेशसभामा १६ जना निर्वाचित हुनेछन् ।

गठबन्धनलाई सकस पार्ने क्षेत्र

नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि सिफारिसमा पहिलो नम्बरमा रहेका सुरेन्द्र मानन्धर अचानक आइतबार राति नागरिकता बोकेर निर्वाचन आयोग पुगे । प्रत्यक्षतर्फ निर्वाचन लड्ने भन्दै तयारीमा लागेका मानन्धर अचानक समानुपातिकतर्फको सूचीमा परे ।

गठबन्धनको ‘अवसर’

दल एकीकरण गरेर भन्दा अलग–अलग रहेर सत्ताको साँचो खेलाउन पाउँदा बढ्ता सहज हुने नेतृत्वलाई लाग्न सक्छ । अहिलेसम्मका अभ्यासले यही भन्छ । यस आधारमा निर्वाचनलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार भयो भने अहिलेको वाम गठबन्धन यता न उताको हुनेछ । त्यो बेलामा सबैभन्दा ठूलो घाटा खाने दल एमाले हुनेछ।

वाम गठबन्धन २२ स्थानमा अगाडि

आगामी मंसिर १० गते प्रदेश नम्बर ३ का छ वटा  जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । यी छ जिल्लाबाट प्रतिनिधिसभामा नौं जना र प्रदेशसभामा १८ गरी कुल २७ जना निर्वाचित हुनेछन् । यसै वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखको प्राप्त मतलाई आधार मान्दा यी २७ मध्ये २२ स्थानमा वाम गठबन्धन बलियो देखिएको छ । बाँकी पाँच स्थानमा लोकतान्त्रिक गठबन्धनको पकड बलियो छ ।

४ जिल्लामा वाम गठबन्धन बलियो

७ नम्बर प्रदेश कांग्रेसको पकड रहेको क्षेत्रका रूपमा चिनिँदै आएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी प्रभाव विस्तार भए पनि कांग्रेस नै पहिलो पार्टी भएको थियो।  असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमाबाहेक यो प्रदेशमा कांग्रेस नै पहिलो शक्ति हो । प्रदेश ७ का ८८ वटा स्थानीय तहमध्ये एमाले ३९ र कांग्रेसले ३८ स्थानमा जित हात पारेका थिए । तर, मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा यो प्रदेशका चार जिल्लामा वाम गठबन्धन बलियो देखिएको छ । स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन निकै बलियो छ।

तानाशाही लाद्‍न वाम गठबन्धन: प्रधानमन्त्री

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाम दलहरुले गरेको गठबन्धन राष्ट्रका विरुद्ध रहेको आरोप लगाएका छन्। राष्ट्रियता कमजोर पार्ने षडयन्त्र सहित बाम गठबन्धन भएको उनले बताए।

गठबन्धन कस्दै एमाले–माओवादी, केन्द्रको निर्णय पर्खिंदै कांग्रेस

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लास्थित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताले संयुक्त रूपमै तयारी थालेका छन्। उनीहरूले संयुक्त रूपमा चुनावी अभियानमा जाने तयारी गरेका हुन्।

कांग्रेस र वाम गठबन्धनबीच टक्कर

नुवाकोटमा केन्द्रीय तहका नेताहरू चुनावी मैदानमा छन् । यसैले गर्दा यहाँको निर्वाचन अलि बढी रोचक हुने देखिएको छ । उम्मेदवारहरू आआफ्नै अजेन्डा लिएर चुनावमा होमिएका छन् । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेस र बाम गठबन्धनबीच कडा टक्क हुने देखिएको छ ।

वाम गठबन्धनबाट कांग्रेसलाई  एकजुट हुन प्रेरणा : देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन नेपाली कांग्रसका लागि चुनौती मात्र नभई अवसर पनि भएको बताएका छन्।

वाम गठबन्धनका चुनौति घोषणापत्रमै राख्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले वाम गठबन्धनले नेपाली राजनीतिमा निम्त्याउने चुनौतिहरुलाई घोषणा पत्रमै राखेर चुनवमा जाने तयारी गरेको छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लोकतान्त्रिक शक्तिहरुसँगको गठबन्धन गरेर जान लागेको कांग्रेसले वाम गठबन्धनले निम्त्याउने चुनौतिलाई पनि घोषणा पत्रमै समावेश गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्