६ आश्विन २०८१ आइतबार
image/svg+xml

भोजपुरमा प्रतिनिधिमा लोकतान्त्रिक र प्रदेशमा वाम गठबन्धन अगाडि

पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको प्रारम्भिक मतगणना अनुसार प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । भने प्रदेश सभामा वाम गठबन्धनले अग्रता लिएको छ।

ताप्लेजुङमा वाम गठबन्धनको अग्रता, योगेश भट्टराईले पाए १३१४ मत

प्रतिनिधि सभाको एक तथा प्रदेश सभाको २ गरी ३ स्थानमै बाम गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता कायम गरेका छन्। बिहीबार बेलुका ८ बजे सम्मको मत परिमाण हो।

वाम गठबन्धनका उम्मेदवार अर्यालमाथि आक्रमण

वाम गठबन्धनका स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईका उम्मेदवार पदमा अर्याल माथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेका छन्। उनलाई चापाकोट नगरपालिका–४ मा रहेको राममन्दिर माविको मतदान केन्द्र हाताभित्र आक्रमण भएको हो।

जुन भए पनि गठबन्धनको बहुमत आउँछ : दाहाल (भिडियो)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो निर्वाचनबाट जुन गठबन्धनको भए पनि बहुमत आउने बताएका छन्। चितवनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

प्रदेश २ मा मधेशी गठबन्धनको बहुमत : अध्यक्ष यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सप्तरी क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवले प्रदेश नं. २ को प्रदेशसभामा आफूहरुको बहुमत आउने दाबी गरेका छन्।

वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ : नेपाल

नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताएका छन्।  उनले वाम गठबन्धनको सरकार बनेपछि कानुनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गरे।

'वामगठबन्धनको दुई तिहाइ सपना मात्र'

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले अगामी निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याउन नसक्ने बताएका छन्।

घरदैलोमा काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएकी अम्बिका बस्नेत पन्चेबाजासहित घरदैलो गरिरहेकी छिन् भने उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका कृष्ण राई धिमेबाजासहित घरदैलो गरिरहेका छन्।

बागीले वाम गठबन्धनका उम्मेदवारलाई समस्या

मंसिर २१ गते गर्न लागिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मनोनयपत्र दर्ता गराएका  वाम गठबन्धनतर्फका अधिकारिक उम्मेदवारहरू बागी उम्मेदवारका कारण समस्यामा परेका छन्। वाम गठबन्धनका अधिकारिक उम्मेदवारको बिरोधमा  ती दलकै नेता कार्यकर्ता बागी बनेपछि भोट बाँडिने  भएकाले अधिकारिक उम्मेदवार नै समस्यामा परेका हुन्।

चीनको सीमावर्ती गाउँका बुथ बाम गठबन्धनले कब्जा गरेको अारोप

उत्तरी सीमा तिब्बतसँग जोडिएका उपल्लो डोल्पाका तीन गाउँ पालिकाका २२ मतदान केन्द्र र काइके गाउँपालिकामा रहेका ७ मतदान केन्द्रमा बामगठबन्धनका उम्मेदवार ले एकलौटी मतदान गरेको भन्दै भएको मतदान रद्द गर्नु पर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दुनैमा उजुरी परेको छ।

वामगठबन्धनका अुनकूलता

कुनै पनि काम गर्दा राम्रो सुरुवात हुन सक्यो भने आधा कार्य सम्पन्न भएको मान्ने गरिन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गएको आइतबार ३२ जिल्लामा भएको पहिलो चरणको मतदान आमरूपमा शान्तिपूर्ण र उत्साहवर्धक रूपमा सम्पन्न भएपछि यसपटकको आमनिर्वाचन अब आधा मात्र बाँकी रहेको मान्न सकिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउने क्रममा निर्वाचन आयोगका सामु अझै चुनौतीहरू अवश्य छन् ।

इतिहास दोहोर्‍याउने दाउमा गठबन्धन

सधैं प्रभावशाली नेताहरुको चुनावी प्रतिस्पर्धाले सबैको ध्यान तान्ने झापामा यसपटक उत्सुकताको अर्को कारण पनि थपिएको छ । आफूलाई ‘प्रगतिशील’ दाबी गर्ने वाम गठबन्धनको अँगालोमा यसपटक उनीहरुकै भाषामा ‘दक्षिणपन्थी’ राप्रपा पनि बेरिएको छ।

दुई गठबन्धनको सहमतिपछि लागार्चेमा मतदान सुरु

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत लागार्चे मतदान केन्द्रमा मतदान सुरु गर्न सहमति जुटेको छ। सहमतिपछि अबको केहीबेरमा मतदान सुरु हुने सिन्धुपाल्चोकका प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए।

'कम्युनिष्ट गठबन्धनले कांग्रेस नेताको हत्या गर्न खोज्यो'

नेपाली कांग्रेसले कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर कम्युनिष्ट गठबन्धनले नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि निरन्तर आक्रमण गरिरहेको आरोप लगाएको छ ।

समाजवादी केन्द्र बनाउने कुरामा बामगठबन्धनका नेताहरु दृढ नभएपछि अलग्गिएको हुँ : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजनक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी छन् । भट्टराईसँग उनकै पूर्व सहयात्री नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ बाम गठबन्धनका तर्फबाट प्रतिस्पर्धी छन् । यी दुई पूर्व सहयात्रीको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्