१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

आफ्ना उम्मेदवारलाई जिताउन सत्ता गठबन्धन दलहरूको संयुक्त अपिल

सत्ता गठबन्धन दलहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र«, नेकपा एकीकृत (समाजवादी), जसपा नेपाल र लोसपा नेपालले संयुक्त विज्ञप्ति जारी गरेका हुन। गठबन्धन दलहरूले गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पङ्क्ति एकीकृत रूपमा परिचालित हुन आग्रह गरेका हुन।    

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक सङ्घ, संस्था संगठनका साथीहरू तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र 

उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पङ्क्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौँ।’ 


आगामी २०८० वैशाख १० गते आइतबारका दिन हुन लागेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि गठबन्धन दलका तर्फबाट तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका गोविन्द भट्टराई, चितवन निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव आधिकारिक उम्मेदवार भएको उल्लेख गर्दै चुनाव जिताउन अपिल गरिएको छ। 

प्रकाशित: २१ चैत्र २०७९ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App