११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मृत्युमार्ग !

राजमार्गको सहज यात्रामा जहिल्यै समस्या हुने गरेको छ। पानी पर्नासाथ पहिरोले यसलाई अवरुद्ध गर्छ। राजमार्गको अवस्था सहज बनाउन सक्दा गन्तव्य सहज हुन्छ।

मृत्युमार्ग

विकसित समाजमा भुइँ चिप्लो भए पनि सर्वसाधारणलाई अग्रिम जानकारी दिन सूचना राखिन्छ । हामीकहाँ भने एउटै प्रकृतिका दुर्घटना बारम्बार भइरहँदा पनि त्यसबाट सिकेर जनधनको क्षति रोक्ने काम हुँदैन । सडक दुर्घटनाको कहालीलाग्दो अवस्था हाम्रा सन्दर्भमा यस्तै नियमित बन्न पुगेको छ । त्रिशूलीमा शनिबार भएको भयानक दुर्घटनामा ३१ जनाको दुःखद मृत्युले फेरि हाम्रो मुटु नराम्ररी हल्लिएको छ । राजविराजबाट पर्व सकेर फर्केका सर्वसाधारणको दुःखद निधनले सबैलाई खल्लो पारेको छ । यस्तो पीडामा पर्नेलाई हुने अपुरणीय क्षतिले जिम्मेवार निकायलाई भने छोएको देखिएको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्