८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको अल्टिमेटमपछि इरानको चेतावनीः अमेरिकासँग सम्बन्धित ऊर्जा केन्द्रहरूमा आक्रमण हुन सक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले कडा प्रतिक्रिया जनाउँदै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार यदि इरानका इन्धन तथा ऊर्जा केन्द्रहरूमा आक्रमण गरियो भने, इरानी सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारलाई नै निशाना बनाउनेछ।

इरानको यो चेतावनी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको नयाँ अल्टिमेटमपछि आएको हो।ट्रम्पले भनेका छन् कि यदि ईरानले ४८ घण्टाभित्र होर्मुज जलडमरू नखोलेमा, अमेरिकाले ईरानका विद्युत् उत्पादन केन्द्रहरूलाई ‘पूर्ण रूपमा ध्वस्त’ पार्नेछ।

यसअघि इरानले दक्षिणी इजरायलमा मिसाइल आक्रमण गरेको थियो। निशानामा परेको क्षेत्रहरूमा इजरायलको अघोषित परमाणु हतियार भण्डारण रहेको मानिने शहर डिमोनापनि समावेश थियो।

इरानले ‘अब युद्ध नयाँ चरणमा प्रवेश गरेको’ जनाएको छ। एजेन्सी

प्रकाशित: ८ चैत्र २०८२ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App