टुँडिखेलमा फूलपाती बढाइँ
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ।
घटस्थापनाको सातौं दिन अर्थात् फूलापती शनिबार विराटनगरमा धुमधामका साथ भित्रायाइएको छ।
आज बडा दसैँको सातौं दिन अर्थात् फूलपाती। आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ।
नवदुर्गाको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमी तिथिमा आज (आइतबार) म्याग्दीसहित देशैभरका कोतघरहरुमा फूलपाती भित्र्याइयो छ। बडादसैँको सातौ दिन देशैभरका कोतघर तथा पुजा कोठामा वैदिक विधिपूर्वक पुजाआजा गरी फूलपाती भित्र्याइयो हो।
आईतवार नेपालीहरुको महान चाड बडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो।
फुलपाती लिन सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बाजागाजा र दलबलसहित कोटदरबारमा रहेको दुर्गा मन्दिर पुगेका थिए।
गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९:१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन्।
आज दसैंको सातौ दिन घर घरमा फूलपाती भित्र्याइदै छ। दसैंमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन्।
पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान फूलपाती विसर्जन गरी समापन भएको छ।
हरेक वर्ष दसैंको फूलपातीको दिन टुँडिखेलमा तोप पड्काइन्छ । यस वर्ष पनि तोप पड्काइने छ । दसैंमा तोप किन पड्काइन्छ र नेपालमा तोपको इतिहास के हो त ?
बडादशैंको सातौ दिन फूलपाती घरघरमा भित्र्याएर मनाइएको छ। यसैक्रममा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपातीको हर्षबढाईं गरेको छ। हनुमानढोका दरबारस्थित दशैं घरमा फूलपाती भित्र्याएपछि सेनाले परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा टुँडिखेलमा हर्षबढाईं गरेको हो। त्यसक्रममा सेनाले विभिन्न कला कौशल प्रदर्शन गरेको थियो।
बडादशैंको सातौं दिन महासप्तमीमा डोल्पाको त्रिपुराकोटमा रहेको आराध्यदेवी भगवतीको मन्दिरमा फूलपाती भित्र्याइएको छ। त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ स्थित टाँके डाँडामा रहेको मध्यपश्चिम क्षेत्रकै प्रमुख शक्तिपीठको रुपमा रहेको श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा डोलीसहितको फूलपाती मन्दिरका फुलहाराहरुले काँधमा बोकेर पन्चे बाजागाजाका साथ धुमधामले पुजाआजा गरेर भित्र्याइएको हो।
दसैंको सातौं दिन मंगलबार गुल्मीमा रहेका विभिन्न देवी देवताका शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ। नेपालीहरूको महाचाड बडादसैं सुरुसँगै आज महासप्तमीको दिन पारेर प्रत्येक वर्षझै यस वर्षपनि गुल्मीमा फूलपाती धुमधामका साथ भित्र्याइएको हो।
गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन्।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइ मनाइयो।