७ वैशाख २०८१ शुक्रबार
समाज

यसरी गरियो फूलपातीको हर्षबढाईं (फोटो फिचर)

काठमाडौं– बडादशैंको सातौ दिन फूलपाती घरघरमा भित्र्याएर मनाइएको छ। यसैक्रममा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपातीको हर्षबढाईं गरेको छ। हनुमानढोका दरबारस्थित दशैं घरमा फूलपाती भित्र्याएपछि सेनाले परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा टुँडिखेलमा हर्षबढाईं गरेको हो। त्यसक्रममा सेनाले विभिन्न कला कौशल प्रदर्शन गरेको थियो।

हर्ष बढाईं समारोहमा राष्ट्रपतिका साथै प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी भए।

नेपाल एकीकरण अभियानको क्रमममा पृथ्वीनारायण शाहले विक्रम सम्बत् १८२५ मा काठमाडौं उपत्यकामा विजय हासिल गरेपछि काठमाडौंलाई राजधानी बनाउने टुंगो गरेका थिए। त्यसैअनुसार गोरखाको कालिका मन्दिरबाट सोझै हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने तथा बढाई गर्ने प्रचलन सुरु भएको बताइन्छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App