८ वैशाख २०८१ शनिबार
समाज

भगवती मन्दिरमा फूलपाती भित्र्याइयो

डोल्पा– बडादशैंको सातौं दिन महासप्तमीमा डोल्पाको त्रिपुराकोटमा रहेको आराध्यदेवी भगवतीको मन्दिरमा फूलपाती भित्र्याइएको छ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ स्थित टाँके डाँडामा रहेको मध्यपश्चिम क्षेत्रकै प्रमुख शक्तिपीठको रुपमा रहेको श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा डोलीसहितको फूलपाती मन्दिरका फुलहाराहरुले काँधमा बोकेर पन्चे बाजागाजाका साथ धुमधामले पुजाआजा गरेर भित्र्याइएको हो।

मुलछहरामा रहेको फूलपाती मन्दिरमा फूलहारा (फूलपाती सहितको डोले बाक्ने)हरुले फूलपातीको अघिल्लो दिनबाट डोल्पा जिल्लाका लिकु दापु पहाडा रंग र रुम लगायतका गाउँहरुमा रहेका फूलवारीमा उमारिएको फूल र फल संकलन गरेर फूलपाती मन्दिरमा रातभर जागा बसेर फूलमाला गाँसेर पुजाआजा सहित राखिएको फूल र फलफूलको डोलीलाई पुजाआजा गरेर भित्रइने चलन छ।

यसरी मन्दिरका फूलहारा (डोले)हरुले बिशेष सुरक्षाका साथ बोकेर ल्याइएको फूलपातीलाई खौलोस्थित मन्दिरमा बिशेष पुजाआजा गरेर मुलमन्दिर श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा भित्र्याइएको छ। डोलेले बोकेर ल्याइएको फूलपातीलाई कोट खौलो मन्दिरमा पूजाआजा गर्दा नेपाल प्रहरीले बडा सलामी दिने चलन छ।

यसरी महासप्तमीको दिनमा मन्दिरमा बिशेष पूजाआजा सहित भित्र्याइएको फूलपातीलाई मुल मन्दिरमा राखी पूजाआजा गरेसंगै डोल्पाका प्रत्येक घरमा पनि घटस्थापनामा राखिएको जमरा थलोमा मार्सी, मकै, तिल, फुल र धानको बाला सहितको बिरुवा ल्याएर फूलपातीको रुपमा थापना गरिएको छ।

यसरी फूलपातीको रुपमा सर्वसाधारणले घरघरमा फुलपाती भित्र्याउनाले शुभलक्षण हुने र नवदुर्गा लक्षमीको बास हुने जनबिश्वास रहेको पूजारी देबीकृष्ण उपाध्यायले बताए।

टिकाको दिनमा जमरा टिका लगाएर प्रसाद ग्रहण गरिसकेपछि गंगा नदीमा सेलाउने प्रचलन छ। 

प्रकाशित: ३० आश्विन २०७५ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App