८ पुस २०८१ सोमबार
image/svg+xml

कालोपत्रेको काम सुचारु गराउने सहमति

स्थानीयले ठप्प बनाएको खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम सुचारु गराउने सहमति जुटेको छ। सडकको काममा चरम ढिलासुस्ती तथा गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा स्थानीयले फागुन ८ गतेदेखि बन्द गराएको सडकको काम जिल्ला प्रशासन कार्यालयको पहलमा सुचारु गराउने सहमति जुटेको हो।

६ महिनामा ३६२ किमी सडक र ५३ पुल तयार

सरकारी लक्ष्यअनुसार हालसम्म ६ सय किलोमिटर सडक कालोपत्रे हुनुपर्थ्यो। संघीय सरकारले चालु आर्थिक वर्षको ६ महिनामा तीन सय ६२ किलोमिटर सडक कालोपत्रे गरेको छ।

एक वर्षदेखि अलपत्र परेकाे दिपायल विमानस्थलकाे कालोपत्रे सम्पन्न

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रेको काम सम्पन्न भएको छ।

२५ किलोमिटर ग्रामीण सडक कालोपत्रे गरिँदै

चार स्थानीय तहका १२ वटा वडालाई प्रत्यक्ष फाइदा हुने दुई लेनको २५ किलोमिटर ग्रामीण सडकलाई कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ।

एक किलोमिटर कालोपत्रे दुईवर्षसम्म सुुरु भएन

दुई महिना, तिन महिना वा छ महिना! धेरैमा एक वर्ष। तर दिपायलको एक सडकमा दुई वर्ष भन्दा बढी समय घर्कदा पनि काम सुुरु नै भएको छैन।

स्तरोन्नति र कालोपत्रे गर्न ढिलाइ

बझाङको देवल विमानस्थलको स्तरोन्नति तथा कालोपत्रे गर्ने काममा ढिलाइ भएको छ। ठेकेदारको लापरबाहीका कारण सो कार्यमा ढिलाइ भएको हो।

चौडाइ विवादले कालोपत्रे ढिलाइ, आधा दर्जन घरधुरीको विवादले समस्या

राष्ट्रिय गौरवको निर्माणाधीन आयोजना ‘मदन भण्डारी स्मृति लोकमार्ग’अन्तर्गत उदयपुर सदरमुकाम गाईघाटका केही स्थानीयबीच भएको विवादका कारण सडक कालोपत्रेसहित फराकिलो गर्ने काममा बाधा परेको छ। पुरानो गाईघाट (पिजी) चौकको पिजीचोकको झन्डै ७० मिटर खण्डका दर्जन हाराहारी घर र जग्गाधनीबीच विवाद भएपछि चौडा र कालोपत्रे गर्ने काममा ढिलाइ हुने संकेत देखिएको छ।

पुष्पलाल मध्यपहाडी राजमार्ग, सदरमुकामबाटै कालोपत्रे

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपास स्थानीयको विवादका कारण रोकिएको निर्माण कार्य तत्काल हुने भएको छ। लामो समयदेखि विवादित ठाउँमा स्थानीयहरुलाई सहमतिमा ल्याई विवाद समाधान भएपछि सदरमुकामबाटै राजमार्ग कालोपत्रे हुने भएको हो।

गाउँ जोड्न करोडका सडक

सडकसँग सदरमुकाम जोडिन २२ वर्ष कुर्नु पर्‍यो । २०५२ सालमा शिलान्यास गरिएको सडक २०७३ सालपछि मात्र मार्तडी पुग्यो र २०७५ पछि मात्र कालोपत्रेको काम सम्पन्न भयो । सदरमुकाम पुग्न समय लागेपनि गाउँमा भने दु्रत गतिमा सडक जोडिने संकेत देखिएको छ ।

दुईसय ७७ किलोमिटर सडक कालोपत्रे

संघीय सरकारले चालु आर्थिक वर्षको चार महिनामा मुलुकभर दुई सय ७७ किलोमिटर सडक कालोपत्रे गरेको छ। सडक विभागले गत साउनदेखि कात्तिकसम्म तीन सय १६ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेकामा दुई सय ७७ किलोमिटरको काम सकिएको हो। यो लक्ष्यको करिब ८८प्रतिशत हो। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै भौतिक पूर्वाधार मन्त्रीबाट रघुविर महासेठलाई हटाएर वसन्तकुमार नेम्बाङलाई ल्याएका छन्।

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु

निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम सुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र सुरु भएको हो ।

२४ वर्षपछि कालोपत्रे सुरु

‘ट्रयाक’ खुलेको २४ वर्षपछि जिल्लाको भीमाद नगरपालिका–५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे सुरु भएको छ।

अधुरो निर्माणले झन सास्ती

प्रदेश १ को राजधानी विराटनगरमा सञ्चालित विकास निर्माणका काम निर्धारित समयमै सम्पन्न नहु“दा स्थानीयले सास्ती खेप्नुपरेको छ। विराटनगरको बरगाछीस्थित ६ लेन सडकखण्ड निर्माण सुस्त हुँदा बजार क्षेत्र प्रदुषित भइरहेको छ।

कालोपत्रे माग्दै स्थानीय र व्यापारी आन्दोलित

चाबहिल–चुच्चेपाटी सडकको कालोपत्रे तत्काल गर्नुपर्ने माग गर्दै स्थानीय र व्यापारीले आन्दोलन थालेका छन्। दुई वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने सडक तोकिएको अवधिमा नसकिएपछि स्थानीय र व्यवसायीले बुधबार बिहान पसल बन्द गरेर आन्दोलन थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्