२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

बैंकको ब्याजदर वृद्धि तत्काल रोक्नुपर्छः गृहमन्त्री खाँण

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता खाँणले बिहीबार निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकहरुले ब्याजदर वृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने बताए।

विश्वमा वर्षेनी अपराधिक घटना बढ्दै गएका छन्ः गृहमन्त्री

उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए। गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताए।

गठबन्धनलाई दुई तिहाई बहुमत दिन मतदातालाई गृहमन्त्री खाँणको आग्रह

मंगलबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको बार्षिक साधारणसभामा बोल्दै उनले गृहमन्त्री खाँणले नागरिकताविहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन पनि संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिर समेत गरे।

संविधानको पालना नभए सुशासन हुँदैनः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन्।

कारागार व्यवस्थापन गर्न बजेट अभाव छः गृहमन्त्री

उनले भने, ‘कारगारमा बन्दीहरुको संख्या पनि ठूलो छ। र, भौतिक पूर्वाधार व्यवस्थापनमा एकदम चुनौती छ। कारगार व्यवस्थापनका लागि पनि राज्यले, सरकारले, हामीले पर्याप्त बजेट व्यवस्थापन गर्न पनि आवश्यक छ।’

प्रचण्ड भेट्न खुमलटार पुगे गृहमन्त्री र कानुनमन्त्री

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला) खुमलटार पुगेका छन्।

काँग्रेसका नेताले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैनः गृहमन्त्री

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन।'

दार्चुला बाढीः उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

बाढीबाट लास्कु क्षेत्रका चार, बाङाबगड क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालयमा पूर्ण क्षति पुगेको छ। अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीर स्थानीयवासी खोज तथा उद्धारमा खटिएका छन्।

रुपन्देहीको सियारीमा भेटेनरी अस्पताल बन्दै

भेटेनरी अस्पताल भवनको शिलान्यास गर्दै गृहमन्त्री बालकृष्ण खाँणले कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि कृषि सम्बन्धी पूर्वाधार निर्माणमा जोड दिनु पर्ने बताए। सियारीमा निर्माण हुने भेटेनरी अस्पतालले पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रश्ताव पेस गरेका थिए।

राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न गृहमन्त्रीको निर्देशन

सरकारले विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताए। मन्त्री खाँणले विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानून अनुसार कोषको रकम खर्च गर्नुपर्ने बताए।

लुम्बिनीमा गृहमन्त्री खाँणको रणनीति: आफूलाई फाइदा, दाङमा क्षति

अस्थायी मुकाम बुटवल तोकिनु ‘दाङ राजधानी’ को एजेण्डाको बलमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी नेता कृष्ण बहादुर महरा र प्रदेशसभामा निर्वाचित शंकर पोख्रेल चुनावी मुद्धा कार्यान्वयन गर्नबाट ‘फेल’ भएको भनेर आलोचना भयो।

गृहमन्त्री खाँणको दबाव लत्याउँदै प्रदेश सरकारले प्रदेशसभा सार्ने

‘प्रदेशसभा चाहिँ चुनाव अगाडि अर्थात यो प्रदेशसभाको अन्तिम बैठक स्थायी राजधानीमै बस्ने गरी सर्छ,’ ती मन्त्रीले भने ‘प्रदेशसभासँगै थप केही मन्त्रालय पनि स्थायी राजधानीमा स्थानान्तरण हुन्छन्।’

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-२ बाट उम्मेदवार सिफारिस

नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो।

केपी ओलीसँग सघन छलफल गरी सहमतिमै सरकारले नागरिकता विधेयक अघि बढाएको होः गृहमन्त्री

‘अहिले पछिल्लो पटक सदन सूचारु भएपछि सरकारले गम्भिरतापूर्वक लिएरै यसलाई अगाडि बढाएको हो। सत्तासिन घटकका सबै नेताहरुसँग पनि सघन छलफल भएको छ। प्रमुख प्रतिपक्ष दलका नेतासँग पनि सघन रुपमा हामीले छलफल गरेकै हो। छलफल गरेर जुन खालको विधेयक आएको थियो, २०७५ मा केपी ओली नेतृत्वको सरकारको बेलामा।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्