१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विश्वमा वर्षेनी अपराधिक घटना बढ्दै गएका छन्ः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी अपराधिक घटना बढीरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन्। सोमबार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमा नै वर्षेनी अपराधिक घटना बढीरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताएका हुन्।

उनले विश्वमा अहिले नयाँ किसिमका अपराधिक गतिविधिहरु हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्न जरुरी रहेको बताए। उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए। गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताए। उनले नेपाल प्रहरीका जवानहरुको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गरे।  गृहमन्त्री खाँणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको भन्दै तालिम केन्द्र निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘नेपाल प्रहरीको लागि पनौतीको प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य प्रारम्भ भएको छ। तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरी अधिकृत र जवानहरुलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउने र त्यसले क्षमता पनि अभिवृद्धि भएर जानेछ। अहिले संसारभर नै अपराधिक गतिविधिहरुमा नयाँ आयामहरु थपिएको छ। नयाँ विज्ञान र प्रविधिको प्रयोगका साथै अपराधिक गतिविधि पनि बढीरहेको अवस्था छ। यसले सुरक्षामा चुनौती थपिएका छन्। नेपाल प्रहरीले पनि विज्ञान प्रविधिलाई अपराध नियन्त्रणमा प्रयोग गर्दै आएको छ। नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने, उहाँहरुको कार्यलाई प्रोत्साहीत गर्ननेपाल सरकार प्रतिवद्ध छ। नेपाल प्रहरीका अधिकृत र जवानहरुको सुविधा वृद्धि गर्ने, उहाँहरुको जीवनयापन र उहाँहरुको परिवारका लागि जीवनयापनमा सहजता होस् भनेर त्यसका लागि पनि सरकारले प्रयत्न गरिरहेको छ।’

गृहमन्त्री खाँणले गत वर्ष सरकारले प्रहरी जवानहरुको क्षमता विकासका लागि वभिन्न कार्यक्रम र योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मदद्त पुगेको बताए।

प्रकाशित: ३१ आश्विन २०७९ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App