coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धनलाई दुई तिहाई बहुमत दिन मतदातालाई गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको बार्षिक साधारणसभामा बोल्दै उनले गृहमन्त्री खाँणले नागरिकताविहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन पनि संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिर समेत गरे। ‘संविधान संशोधन गर्नका लागि दुई तिहाई चाहिन्छ। अहिलेको सत्तासिनसँग दुई तिहाई भए हामी कोसिस गथ्यौं हामी’, उनले भने, ‘त्यसकारण मंसीर ४ गतेको निर्वाचनमा दुई तिहाई दिनुस् हामीलाई। हामी त्यही अनुसार जान्छौं।’

उनले राष्ट्रपति विद्या भण्डारीले संविधान विपरित गएर नागरिकता विधेयक प्रमाणिकरण नगरेका कारण गैर आवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे। ‘राष्ट्रपतिजीले यसलाई प्रमाणिकरण गर्नैपर्ने हो। पुन पठाइएको विधेयक राष्ट्रपतिले फर्काउने व्यवस्था संविधानमा छैन।’ उनले भने, ‘यसमा हाम्रो र गठबन्धन पार्टी र सरकारको निष्कर्ष के छ भने यो नागरिकता विधेयकलाई रोक्ने राष्ट्रपतिको जुन कदम हो। यो असंवैधानिक कदम हो। संविधान विपरितको कदम हो यो। राष्ट्रपतिले कुनै पनि सर्तमा असंवैधानिक कदम चाल्नै मिल्दैन। संविधानको संरक्षण र पालना गर्नेले असंवैधानिक कदम चाल्न पाईन्छ र? तर चाल्नु भयो।’

गृहमन्त्री खाँणले  राष्ट्रपतिको सो गैर संवैधानिक कामको विरोध गरेर सो नागरिकता विधेयक प्रमाणिकरणका लागि दबाव दिन पनि गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे। ‘हामीले गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने गरी सो विधेयक ल्याएको हो। छोरीले नागरिकता पायो ज्वाईले पाएन भनिदिनु हुन्छ के।’, उनले भने, ‘संविधान बनाउने बेलामै त्यो व्यवस्था गरिएको छ नि त। त्यसकारण यो व्यवस्थालाई सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्छ।’

प्रकाशित: २५ आश्विन २०७९ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App