९ मंसिर २०८१ आइतबार
image/svg+xml

खोटाङमा समानुपातिक तर्फ एमाले पहिलो

खोटाङमा बुधबार बिहान घोषित अन्तिम परिणाम अनुसार एमालेले प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसलेभन्दा ३ हजार ४१६ मत बढी ल्याएको छ । कुल १ लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा एमालेले २४ हजार १३४, कांग्रेसले २० हजार ७१८, माओवादी केन्द्रले १२ हजार ४३३, संघीय समाजवादी फोरमले २ हजार ४०५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नुवाकोटमा समानुपातिक तर्फ काँग्रेस अगाडि

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ। गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका छन्।

समानुपातिकतर्फ एमालेको अग्रता कायमै:विवेकशीलले कटायो एक लाख

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । विवेकशील साझा पार्टीले पनि समानुपातिकमा एक लाख मत प्राप्त गरिसकेको छ । मंगलवार राती साढे ११ बजेसम्मको गणनामा एमाले १६ लाख ७१ हजार ३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले १५ लाख ७९ हजार ६९२ मत ल्याई दोस्रो स्थानमा छ ।

समानुपातिकतर्फ लमजुङमा एमाले पहिलो

मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको अन्तिम परिणाम अनुसार यहाँ नेकपा एमाले पहिलो स्थानमा रहेको छ।

सोलुमा समानुपातिकतर्फ काँग्रेस पहिलो

सोलुखुम्बुमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। कांग्रेसलाई प्रतिनिधि सभा तर्फ १५ हजार १४८ समानुपातिक मत प्राप्त हुँदा प्रदेश सभा तर्फ १३ हजार ४४७ मत प्राप्त भएको छ ।

बाग्लुङमा समानुपातिक तर्फ काँग्रेस पहिलो

प्रत्यक्ष तर्फ बागलुङमा एक सिट पनि नजितेको नेपाली काँग्रेस समानुपातितर्फ भने जिल्लामा पहिलो पार्टी भएको छ। समानुपातिकतर्फ नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेश सभा दुवै तर्फ सबै भन्दा बढी मत पाएको हो । नेपाली काँग्रेसले प्रतिनिधि सभा तर्फ ३५ हजार छ सय ६८ मत पाएको छ । नेकपा एमालेले ३० हजार ६ सय ३५, राष्ट्रिय जनमोर्चाले १५ हजार ९ सय ३४ र नेकपा माओवादी केन्द्रले १४ हजार चार सय ५० मत पाएका छन् ।

धनकुटामा समानुपातिक तर्फ एमालेलाई धेरै मत

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा गरी धनकुटाका ३ स्थानमा विजयी भएको एमाले समानुपातिक तर्फ पनि पहिलो पार्टी बन्न सफल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभा तर्फ जिल्लामा खसेको कुल ६८ हजार ७ सय ७२ मत मध्ये  ३० हजार ९४७ मत एमालेले प्राप्त गरेको हो । कांग्रेसले १२ हजार ३२० र तेस्रो स्थानमा रहदै माओवादी केन्द्र ७ हजार ४७९ मत प्राप्त गरेको छ । त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६ हजार १६१ मत प्राप्त गर्दा संघीय समाजवादी फोरमले २ हजार ५५४ मत प्राप्त गरेको छ । जिल्लामा प्रतिनिधि सभा तर्फ कुल ४९ दलले मत पाएका छन् ।

बैतडीमा समानुपातिकमा एमाले पहिलो

बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएको छ।  यसैगरी नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ।

जाजरकोटमा समानुपातिक तर्फ  काँग्रेस पहिलो

गत मंसिर १० गते  भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको समानुपातिक तर्पm जाजरकोटमा नेपाली काँग्रेस पहिलो भएको छ। प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको काँग्रेसले  समानुपातिकमा भने प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा बढी  मत पाएको हो।

समानुपातिकमा एमाले अग्रता, कुन पार्टीको मत कति ?

प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष निर्वाचन तर्फ अगाडि रहेको नेकपा एमाले सामानुपातिक मतगणनामा पनि अग्र स्थानमा छ। जारी मत गणनामा नेकपा एमालेले ७ लाख २८ हजार ५ सय ९३ मतले अग्रता कायम गरेको छ। प्रत्यक्ष निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने समानुपातिकमा एमालेलाई पच्छ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ६ लाख ९३ हजार ९ सय २६ मत प्राप्त गरेको । प्रत्यक्षमा दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने समानुपातिकमा तेस्रो स्थानमा छ। माओवादीले ३ लाख १२ हजार ५ सय ५० प्राप्त गरेको छ।

समानुपातिकतर्फ काँग्रेस–एमाले ‘नेक एन्ड नेक’

प्रत्यक्षतर्फको मतपरिणाम अन्त्यतिर आइपुग्न लाग्दा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनालाई तीव्रता दिएको छ। अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ।

समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई अन्तिम सूची कायम गरेको हो ।

वन्दसूचीमै नपरेकालाई समानुपातिकको उम्मेदवार भन्दै भोट माग्दै

मंसिर १० गते हुने संघीय प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हिमाली जिल्ला मनाङका उम्मेदवारहरुले समानुपातिक उम्मेदवारको सूचिमै नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार भन्दै भोट मागेका छन्।

समानुपातिक बन्दसूची : दलित कोटामा गैरदलित सिफारिस

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलित कोटामा गैरदलितलाई सिफारिस गरिएको पाइएको छ । दलहरूले दलित कोटामा गैरदलितलाई राखेको पाइएपछि शुक्रबार निर्वाचन आयोगसमक्ष दाबी विरोध पेस गर्दै सच्याउन माग गरिएको छ । समानुपातिकतर्फ दलित कोटामा गैरदलितको नाम राखेर बन्दसूची बुझाउनेमा नेपाली कांग्रेस, नेकपा मालेलगयत छन् ।

समानुपातिक सकसमा दलहरू

पार्टीभित्र बृहत् छलफल गरेर सबै वर्ग, समुदाय, जातिको समानुपातिक प्रतिनिधित्व हुनेगरी एकीकृत नामावली समावेश हुनुपर्ने हो तर आफू पक्षधर नेताहरूलाई सूचीमा संलग्न गर्नका लागि भएका कसरतले समानुपातिक सिद्धान्तको मूल मर्म आत्मसात नगरेको देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्