९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रत्यक्ष र समानुपातिक दुवैतिर उम्मेदवार बन्न खोज्दा...

निर्वाचन आयोगको कार्यालयले रौतहटमा एकजना उम्मेदवारको मनोनयन खारेज गरेको छ । रौतहट क्षेत्र नम्बर ४ खबाट प्रदेश सभाका लागि राष्ट्रिय जनता पार्टीका उम्मेदवार भोगेन्द्र ठाकुरको मनोनयन कार्यालयले खारेज गरेको हो।

‘समानुपातिक प्रणाली महिलाका लागि देखाउने दाँत बनेकोे छ ’

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेकोतर्फबाट समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएकी अधिकारकर्मी शर्मिला कार्कीले महिला सहभागिताका विषयमा समानुपातिक निर्वाचन प्रणाली दलहरुलाई देखाउने दाँत मात्रै भएको बताएकी छन् । उनले पार्टीभित्र लामो संघर्ष गरेका महिलाहरु र प्रत्यक्ष निर्वाचनमा पनि जित हात पार्न सफल महिलाहरुलाई समानुपातिक सूचिमा राखिएको बताइन्।

यसरी छानिन्छ समानुपातिक सांसद

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सूचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ । संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले यो कोटा दलहरूले समानुपातिकबाट पुरा गर्नुपर्ने छ।

समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष

मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ महिलाको उम्मेदवारी बढी देखिएको छ । कानुनअनुसार समानुपातिकमा ५० प्रतिशत अनिवार्य महिला चाहिने भएकाले दलहरुले बाध्य भएर महिलाको नाम राखेका हुन्।

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तर्फका समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आयोगले शुक्रबार सार्वजनिक गरेको हो।

आयोगले समानुपातिक सूची आज सार्वजनिक गर्ने

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा तर्फका समानुपातिक उम्मेदवारको आज नाम सार्वजनिक गर्दैछ।

एमालेबाट को कहाँ लड्दै? (प्रत्यक्ष र समानुपातिक सूचीसहित)

बाम गठबन्धनको अगुवाइ गरेको नेकपा एमालेले आफ्ना उम्मेदवारहरुको आधिकारिक सूची सार्वजनिक गरेको छ। जसअनुसार झापा ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली, काठमाडौ २ बाट माधवकुमार नेपाल र इलाम १ बाट झलनाथ खनालले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।

समानुपातिकलाई छुट्टै मतपत्र पर्दैनः सर्वोच्च

समानुपातिक निर्वाचन तर्फ पनि छुट्टै मतपत्र छाप्नु पर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त आदेश दिएको हो। प्रत्यक्ष तर्फ मात्र नभएर समानुपातिकको लागि समेत छुट्टै मतपत्रको लागि आदेश माग गर्दै अधिवक्ता सुनिल कुमार पटेल र अधिवक्ता सिताराम अग्रवालले गत आइतवार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

समानुपातिकमा कांग्रेसका को को छन् ? (समावेशी अाधारसहितको पूर्ण सूची )

नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पनि समानुपातिकको सूचीमा राखेको छ ।

इलामबाट को–को परे समानुपातिकमा ?

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकको बन्दसूचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ३ र नेकपा एमालेबाट १ उम्मेदवार परेका छन्।

यस्ता छन् समानुपातिक उम्मेदवार

नेकपाएमालेले उद्योगपतिमोतीलाल दुगडलाई पहिलो नम्बरमा राख्दै प्रतिनिधिसभातथाप्रदेशसभातर्फको समानुपातिकउम्मेदवारकोबन्दसूचीतयार पारेको छ।

ठाकुरको नाम समानुपातिकबाट हट्यो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएका छन् । उनी प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार हुने भएका छन्।

समानुपातिक मतपत्र छापियो प्रत्यक्षको आजैदेखि शुरु

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताएका छन्।

राजपा समानुपातिक सूची : सम्धिनीदेखि ‘जग्गा दलाल’ सम्म

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी इन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन्। राजनीतिक पृष्ठभूमि नभएकी झालाई यसअघि पनि सांसद बनाएका संयोजक ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि पुनः समानुपातिकतर्फ सिफारिस गरेका हुन् । निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा झा क्रमसंख्या १५ मा परेकी छन्।

समानुपातिकले राजपामा तनाव, सूची सच्याउन माग गर्दै धर्ना

पार्टीले पेश गरेको सामानुपातिक सूचीले राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद सुरु भएको छ। समानुपातिक सूचीमा परेका केही नामहरु तत्काल हटाउनु पर्ने माग नेता कार्यकर्ताहरुले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्