९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रत्यक्ष र समानुपातिक दुवैतिर उम्मेदवार बन्न खोज्दा...

रौतहट— निर्वाचन आयोगको कार्यालयले रौतहटमा एकजना उम्मेदवारको मनोनयन खारेज गरेको छ । रौतहट क्षेत्र नम्बर ४ खबाट प्रदेश सभाका लागि राष्ट्रिय जनता पार्टीका उम्मेदवार भोगेन्द्र ठाकुरको मनोनयन कार्यालयले खारेज गरेको हो।

प्रत्यक्ष उम्मेदवार बनेका ठाकुरको नाम संघीय समाजवादी फोरमले पेश गरेको समानुपातिकको सूचीमा पनि रहे पनि एकै व्यक्ति दुवै पद्धतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकोल ठाकुरको प्रत्यक्षतर्फको मनोनयन खारेज भएको हो।

यसै गरी रौतहटमा दुई जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् । प्रदेश सभाका लागि रौतहट क्षेत्र नम्बर १ क बाट स्वतन्त्र मनोनयन दर्ता गराएका रणधीर प्रसाद सिंह र रौतहट क्षेत्र नम्बर २ कबाट स्वतन्त्र उम्मेदवार महम्मद अब्दुल्लाहले आइतवार मनोनयन फिर्ता लिएका हुन् ।

 

प्रकाशित: १९ कार्तिक २०७४ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App