९ मंसिर २०८१ आइतबार
image/svg+xml

वाम गठबन्धनमा सिट बाँडफाँट, प्रत्यक्षतर्फका क्षेत्र निर्धारणपछि समानुपातिक

चुनावी गठबन्धन गरेको नेकपा माओवादी केन्द्रसँग प्रत्यक्षतर्फका क्षेत्र निर्धारण गरेपछि मात्रै नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवार छनोटलाई अन्तिम रूप दिने भएको छ।

जनाधार भएका कांग्रेस नेता समानुपातिकमा

राजनीतिक दलहरुबीच धु्रवीकरण हुँदै जाँँदा मंसिरमा हुने प्रदेश र संघीय प्रतिनिधिसभा निर्वाचनमा जनाधार बलियो  भएका कांग्रेस नेता समानुपातिक सूचीमा बस्न बाध्य भएका छन्। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने सहमतिपछि कांग्रेसले पनि विभिन्न दलसँग निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ।

८८ किलो सुन तस्करीका नाइके समानुपातिकको टिकट लिन आउँदा पक्राउ

ठमेलमा फेला परेको तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मानबहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन्।

काँग्रेस समानुपातिक सूचीमा रहेका तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा पक्राउ

नेपाली काँग्रेसको प्रदेश सभातर्फ समानुपातिकको सूचीमा परेका मानबहादुर तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका छन्। नेपाल—चीन केरूङ व्यापार संघका अध्यक्ष उनी रसुवा निवासी हुन्। छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेका उनी केही समययता प्रहरी निगरानीमा थिए।

समानुपातिक सूचीमा पहाडेमूलकी महिला राखेपछि राजपामा रडाको

राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाका लागि समानुपातिकको बन्द सूचीमा एकजना पहाडे मूलकी महिला राखेको विषय पार्टीभित्र खैलाबैला मच्चिएको छ। तिनै महिलाको विषयमा रडाको मच्चिँदा राजपाले सोमबार बिहान ४ बजे मात्रै समानुपातिकको बन्द सूची निर्वाचन आयोगलाई बुझाउन सक्यो।

समानुपातिक बन्द सूचीमा दाहालका भाइ

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ बुझाएको बन्द सुचीमा अध्यक्ष पुष्पकमल दाहालका भाई नारायण दाहालदेखि पुर्व सभामुख ओनसरी घर्तिमगर सम्मको नाम परेको छ।

पदाधिकारी पनि समानुपातिकमा

राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको उम्मेदवार सूचीमा केन्द्रीय पदाधिकारी पनि रहेका छन् । केही नेता भने प्रत्यक्षमा चुनाव लड्न डराएर समानुपातिकमा गएका छन् । समानुपातिकमा सिफारिस भएकामध्ये केही पार्टीका नेताका नातेदार पनि छन्।

५५ दलले बुझाए समानुपातिक सूची

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले आइतबार निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगमा बन्दसूची दर्ता गराउने कार्य राति अबेरसम्म जारी छ । ५५ दलले बन्दसूची बुझाउने भएको आयोगले जनाएको छ । मंसिर १० र २१ मा हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूले अलगअलग सूची बुझाएका हुन्।

समानुपातिकमा ५२ दलद्वारा उम्मेदवारको बन्दसूची पेश

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन्।

काँग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा

नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ। संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ।

समानुपातिक बन्दसूची आज

प्रतिनिधिसभा र प्रदेसभाका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउने कार्यक्रम छ । बन्दसूची बुझाएसँगै औपचारिक रुपमा चुनावी प्रक्रिया सुरु हुनेछ । निर्वाचन आयोगमा दर्ता भई समानुपातिकतर्फ ८८ वटा दलले चुनाव चिह्न लिइसकेका छन् ।

समानुपातिकतर्फ उम्मेदवार छनोट सुरु

नेपाली कांग्रेसले १७ सदस्यीय संसदीय समिति गठन गरेको छ । १३ औं महाधिवेशन भएको डेढ वर्षपछि सभापति शेरबहादुर देउवाले बुधबार समिति गठन गरेका हुन् । पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महतले १७ सदस्यीय संसदीय समिति गठन भएको जानकारी दिए ।

समानुपातिक उम्मेदवार चयन झन्झटिलो

समानुपातिक सूचीका लागि प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको अनिवार्य प्रतिनिधित्व हुनेगरी बन्दसूची तय गर्नुपर्ने बाध्यताले दलहरूलाई ठूलै कसरत गर्नुपर्ने देखिन्छ ।

उम्मेदवारलाई समानुपातिकमा चासो

मंसिर १० नजिँकिदै गर्दा दलहरुले उमेद्वारको नाम सिफरिसको टुङगो लगाएका छन्। रोल्पामा प्रत्यक्ष भन्दा समानुपातिक तर्फ नाम सिफरिसको आकांक्षा देखाएका छन् । चुनाबि तालमेलको चर्चा चलिरहेको भए पनि दलहरुले आ आफ्नो उमेद्वारको नामावलि टुङगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्