coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

भरतपुर अस्पतालको मागप्रति गम्भीर : दाहाल

प्रधानमन्त्री दाहालले वार्षिकोत्सव उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल विषय दोहाेर्‍याएका छन्।

पिपल्स क्याम्पस: जस्ताको छानोदेखि अत्याधुनिक भवनसम्म

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसले अनेक उकाली–ओरालीका यात्रा पार गर्दै ४२औँ स्थापना दिवस मनाएको छ।

नविकरण नगर्ने १७५ सम्बन्धन प्राप्त कलेज खारेजी गर्दै त्रिवि (सूचीसहित)

हालसम्म नविकरण नगरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजहरु त्रिभुवन विश्वविद्यालयले खारेजी गर्ने प्रकृया सुरु गरेको छ ।

पोखरा विश्वविद्यालयः नयाँलाई सम्बन्धन दिन खोज्दा आन्दोलन

उनी भन्छन्, ‘बेला न कुबेला, धौबजी मेला’ भनेको यहि हो। विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्नुको सट्टा थप सम्बन्धन बाँडनुको कुनै औचित्य छैन।’ थप सम्बन्धन बाँडेर विश्वविद्यालयलाई के फाईदा हुन्छ? भन्ने प्रश्न गर्दै उनले भने, यसमा ओपेनको हस्तक्षेप प्रष्ट देखिन्छ। भिसी र रजिस्टार आर्थिक प्रलोभनमा परेको पनि प्रष्टै छ।’

नेपालगञ्जमा खुल्यो मंगलप्रसाद महिला कलेज

नेपालगन्जमा मंगलप्रसाद महिला कलेज खुलेको छ। नेपालगन्ज उपमहानगरपालिका कार्यालयले आफ्नै लगानीबाट उक्त कलेज खोलेको हो।

सम्बन्धनमा चलखेल भएको भन्दै कलेज सञ्चालक विरोधमा

भक्तपुरको न्यात्पोल कलेज, आविस्कार नेसनल कलेज, नेपाल कलेज, नेपालगञ्ज एकेडमी अफ म्यानेजमेन्ट एन्ड आइटी, वेदान्त कलेज, भादगाउँ कलेज, भक्तपुर कलेज अफ टेक्नोलोजी, एकता कलेज, श्रीराम कलेजलगायत विरोधमा उत्रेका छन्।

स्वदेशीलाई रोकेर विदेशी कलेजलाई सम्बन्धन दिँदै मन्त्रालय

कोरोना भाइरस संक्रमणका कारण देशभर सबै शैक्षिक संस्था ठप्प छन्। सबै विश्वविद्यालय लामो समयदेखि बन्द रहेका छन्। कोरोना त्रासका कारण विद्यार्थीहरू कलेज जान पाएका छैनन्। यस्तो परिस्थितीमा समेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका विदेशी कलेजलाई नयाँ विषय थपको लागि सम्बन्धन बाड्ने तयारी गरेको छ।

विद्यार्थीको आडमा निजी कलेजको सम्बन्धन लिने दाउ

विश्वविद्यालय सम्बद्ध पक्षले निजी कलेजको भर्ना वैधानिक नभएको भन्दै विद्यार्थीको रजिस्ट्रेसन गरिदिएको छैन।

नौ महिनादेखि बन्द एएफयू

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बन्द भएको नौ महिना नाघेको छ। आठवटा निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गर्दै एएफयूकै विद्यार्थी र प्राध्यापकले छुट्टाछुट्टै विरोध गरेका कारण गत असार २६ गतेदेखि सो विश्वविद्यालय बन्द भएको थियो।

निजी कलेजलाई सम्बन्धन रोक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ।

‘सम्बन्धन दिइएको छैन’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै पनि विश्वविद्यालयले क्याम्पस सञ्चालनका लागि सम्बन्धन नदिएको स्पष्ट पारेको छ। त्रिभुवन विश्वविद्यालयले केही क्याम्पसमा विषय थपका लागि अनुमति दिएको विषयमा पनि मन्त्रालय र मन्त्रीको कुनै संलग्नता नरहेको शिक्षामन्त्रीका निजी सचिव पुष्पराज ढकालले प्रष्ट पारेका छन्।

पाँच सय निजी कलेजलाई सम्बन्धन

दुई तिहाई बहुमतको वर्तमान सरकारले राष्ट्रिय शिक्षा विद्येयकको प्रस्ताव तयार पारिहेको छ। प्रस्तावमा विद्यालय शिक्षामा सात वर्ष भित्रमा नीजि लगानी अन्त्य गर्ने प्रस्ताव गरिएको छ। तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयकभित्र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीइभीटी)लाई नराखि शिक्षा मन्त्रालय अन्तर्गत राख्न दबाब दिँदै आएका छन्।

कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का

चितवन–कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको आन्दोलनका कारण निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको छ । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्न निर्देशन दिएको थियो ।

मन्त्रिपरिषदले सम्बन्धन खारेज गरेका क्याम्पसमा भर्ना खुला

मन्त्रिपरिषद बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन्। रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो।

एएफयुमा तालाबन्दी, सम्बन्धनको समस्या कायमै

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा प्राध्यापकहरूले मंगलबारबाट विश्वविद्यालय बन्द गराएका छन् । भदौ ६ गते एएफयुको कृषि संकायको डीनको कार्यकक्षमा तालाबन्दी गरेका प्राध्यापकले विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित संकायमा तालाबन्दी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्