६ आश्विन २०८१ आइतबार
image/svg+xml

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ। बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताइएको छ।

सत्ता गठबन्धनको बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दलहरूको बैठक आज बस्दैछ।

सत्ता गठबन्धन टिकाउन दौडधुप

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकारको पहिलो आधा कार्यकाल आफूले नेतृत्व गर्ने र त्यसपछि माओवादीलाई छोडिदिने भनेपछि दाहाल बिच्किएका छन्।

लुम्बिनी प्रदेशः सरकारको ‘नेतृत्व– दौड’ मा काँग्रेस, माओवादी

अहिले कायम रहेको सत्ता गठबन्धनलाई कायमै राखेर सरकार निर्माण गर्ने तयारीमा गठबन्धनमा आबद्ध दलहरु प्रतिबद्ध जस्तै देखिएका छन्।

थप एकताबद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएकोले गठबन्धन थप एकताबद्ध भएर अघि बढ्नेजनाएको हो।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको उपस्थीती रहेको छ।

सिन्धुलीका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गठबन्धनको अग्रता

सिन्धुलीमा सत्ता गठबन्धनको अग्रता कायम भएको छ। पाँच दलिय गठबन्धनले अग्रता लिएको हो।

गठबन्धन देशका लागि अभिसाप होः केपी ओली

‘एमालेले सरकारी स्कुल बनायो, अस्पताल देशभर एकैपटक शिलन्यास गर्यो। ६१ वटा राजमार्ग विस्तारको काम सुरु गर्यो। विमानस्थाल बनाउने काम गर्यो। तराईमा हुलाकी राजमार्ग विस्तार गर्दा पैसा पुग्छ,’ उनले भने, ‘गठबन्धन आउँदा किन त्यस्तो हुँदैन भन्दा खानाको बाहेक ध्यान छैन।’ उनले गठबन्धनलाई फुटेका हाडिको चोइटाको संज्ञा दिए।

जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानून निर्माण गर्छुः ओनसरी घर्ती

'जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ। आम नागरिकहरुको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महशुस भएको छ।'

सप्तरी २: दुई दलका दुई राष्ट्रिय अध्यक्षको साख दाउमा

यस क्षेत्रका निर्णायक मतदाताहरु मौन छन्। यस क्षेत्रका मतदाताहरु मत माग्न आउने तीनै जना मुख्य प्रतिस्पर्धी उम्मेदवारलाई हुन्छ-हुन्छ भनिरहेका छन्। मत माग्न आउने उम्मेदवारहरुलाई मतदाताहरु आश्वासन दिँदै फर्काइरहेका छन्। तर मतदान गर्ने उम्मेदवारलाई मतदाताहरुले यसपाली मन भित्रै राख्दा यस क्षेत्रको चुनावी परिणामको आंकलन जटिल बनेको छ।

विवाद देखिएका ठाउँमा छलफलबाटै निष्कर्षमा पुग्छौँ: सत्ता गठबन्धन

शुक्रबार चारै दलका शीर्ष नेताहरूले प्रेस विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल समेत गरेका छन्।

धनगढी र सुर्खेतमामा आज सत्ता गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भेला गर्दै छ। ती भेलामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

आउँदो चुनावले एमालेलाई बिदाई गर्नेछः मन्त्री चौधरी

‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब तब वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ।’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्थाविरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाई गर्नेछ।’

स्थायी राजधानी कार्यान्वयनका लागि ड्युटी दिन प्रदेशमै भिडेँः मन्त्री चौधरी

सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका मन्त्री चौधरीले चुनावी दौडधुपलाई बढावा दिइरहेका छन्। उनले आफ्नो जितको प्रमुख आधार आफू सांसद छँदा खेरी र मन्त्री रहँदा गरेका कामहरुलाई मानेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्