coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

थप एकताबद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले थप एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएकोले  गठबन्धन थप एकताबद्ध भएर अघि बढ्ने जनाएको हो।

निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको र निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको  आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने विज्ञप्तिमा उल्लेख छ।  

विज्ञप्ति मार्फत गठबन्धनप्रति आम मतदाताले दर्साएको विश्वास र मायाप्रति आभार प्रकट गरिएको छ। 

प्रकाशित: १९ मंसिर २०७९ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App