१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनको बैठक आज बस्दै

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई  प्रधानमन्त्री बनाउन समर्थन गरेका दलहरूको बैठक  आज बस्दैछ।

माओवादी सहित ७ दल र तीन जना स्वतन्त्र सांसदहरु विचको बैठक आज विहान ११ बजे नयाँ बानेश्वरमा बस्ने एक नेताले जानकारी दिएका छन।प्रधानमन्त्री दाहालले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम अघि मन्त्रालयको बाँडफाँडको विषयमा छलफल गर्न सत्तासाझेदार दलहरुबीच बैठक हुन लागेको बताईएको छ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसद सहित १६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष दाहाल आइतबार तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित: ११ पुस २०७९ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App