लुम्बिनी प्रदेशसभा उपनिर्वाचनः अहिलेसम्म २९७ मत खस्यो
लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि भइरहेको मतदानमा हालसम्म २९७ वटा मत खसेको छ। जम्मा ३ सय मतदातामा अहिलेसम्म २९७ मत खसेको छ भने ३ जना अनुपस्थित रहेका छन्।
लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि भइरहेको मतदानमा हालसम्म २९७ वटा मत खसेको छ। जम्मा ३ सय मतदातामा अहिलेसम्म २९७ मत खसेको छ भने ३ जना अनुपस्थित रहेका छन्।
लामो समयपछि बसेको वाग्मती प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बाग्मती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु भएको छ। स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक सुरु गरिएको थियो।
नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन्। स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा बागमती प्रदेशसभाको आठौं अधिवेशन यही जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।
जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदहरु क्रमशः सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पुनर्बहाली गर्न आदेश दिएको हो।
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् ।
अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्।
अहिले सम्म फ्लोर क्रस गर्ने वा नगर्ने भन्ने बारेमा माधव/झलनाथ समूहले कुनै तयारी गरिनसकेको साे समूहका एक केन्द्रीय सदस्यले जनाए । ‘फ्लोर क्रस गर्ने कि नगर्ने भनेर अहिले सम्म माननीय ज्यूहरुलाई केहि भनिएको छैन,’ ति केन्द्रीय सदस्यले भने ‘अब मतदानमा के हुन्छ ? भन्ने कुराले अर्थ राख्छ ।’
कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माणको प्रस्ताव पेश गर्ने तयारी गरेको थियो । सामाजिक विकास मन्त्री विमला केसीले दोस्रो चरणको कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले गरिरहेका काम र आगामी योजनाका बारेमा संसदलाई जानकारी गराउने कार्यसूची थियो ।
गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूचीमा भएपनि सो प्रस्ताव प्रस्तुत नगरी संसद बैठक स्थगित गरिएको हो ।
सत्तापक्षीय सांसदको विरोधका कारण गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको विशेष अधिवेशन चलिरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले कोभिड–१९ भए नभएको पत्ता लगाउन पिसीआर परीक्षण नगरी प्रदेशसभा बैठक अगाडि नबढाउन माग गर्दै उभिएर विरोध जनाएपछि बैठक २० मिनेटका लागि स्थगित भएको हो ।
माओवादी केन्द्रबाट एमालेमा लागेका दुई सांसदको पद निलम्बन भएपछि कुल ८७ सांसद संख्या रहेको प्रदेशसभा हाल ८५ सदस्यीय छ । जसपाका चार सांसद पोखरेल कित्तामा उभिएपछि पोखरेलको अहिलेको मत प्रदेशसभामा ४५ पुगेको छ । तर जसपाले पार्टीको ह्विप उल्लंघन गरेर मन्त्री बन्न पुगेका चार सांसदलाई सांसदै नरहनेगरि कारबाही गरेको खण्डमा प्रदेशसभा ८१ सदस्यीयमा झर्ने छ ।
शाहीले कोरोना अवधिभर पनि गाडी प्रयोग गरेनन् । कोरोना संक्रमितहरुलाई समयमै अस्पतालसम्म पुर्याउने प्रयोजनका लागि भन्दै सचिवालयमार्फत गाडी फिर्ता गरेका थिए ।