२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन सुरु

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु भएको छ। स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक सुरु गरिएको थियो।  

आजको बैठकमा हालै मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्गठन गरेको मन्त्रिपरिषदबारे प्रदेश प्रमुखको पत्र सभामुख सानुकुमार श्रेष्ठले पढेर सुनाए। गत वैशाखमा निधन भएका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको स्मरणमा मौनधारण गरेपछि सभामुखले भोलि जेठ १७ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। 

प्रकाशित: १६ जेष्ठ २०७८ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App